ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा कोरोना संक्रमणदरमा कम हुँदै, मृत्युदर भने उस्तै


एबीसी / संवाददाता

काठमाडौं, १ जेठ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिने क्रम घट्दै गएको छ । तर कोरोनाका कारण हुने मृत्युको सङ्ख्या भने उस्तै रहेको छ । सङ्क्रमित बनेर दैनिक मृत्युवरण गर्नेको सङ्ख्यामा भने कमी हुन नसकिरहेको हो । दैनिक थपिने नयाँ सङ्क्रमितको सङ्ख्या भने कम हुँदै गइरहेको छ ।यसअघि दैनिक चार लाखसम्म सङ्क्रमित भेटिने गरेको भारतमा पछिल्लो २४ घण्टामा तीन लाख २६ हजार दुई सय २९ जना नयाँ बिरामी थपिए । अघिल्लो दिन भारतमा तीन लाख ३८ हजार १९ जनामा कोरोना पुष्टि भएको थियो ।

अघिल्लो दिनको तुलनामा नयाँ थपिएको सङ्ख्या ११ हजार सात सय ९० ले कम हो । दैनिक सङ्क्रमण कम हुँदै गइरहे पनि सामान्य उतारचढावबाहेक मृत्यु हुनेको सङ्ख्या भने घट्न सकिरहेको छैन ।पछिल्लो २४ घण्टामा भारतमा तीन हजार आठ सय ७९ जनाको मृत्यु भयो । अघिल्लो दिनको तुलनामा मृत्यु हुनेको सङ्ख्या नौ ले मात्रै कम हो ।

अघिल्लो दिन तीन हजार आठ सय ८८ जनाको मृत्यु भएको थियो । भारतमा हालसम्म दुई करोड ४३ लाख ७२ हजार दुई सय ४३ जनामा कोरोना पुष्टि भइसकेको छ । कोरोनाका कारण दुई लाख ६६ हजार दुई सय २९ जनाको मृत्यु भइसकेको छ ।नेपालसँग खुला सीमा रहेको भारत कोरोनाका कारण नराम्ररी प्रभावित बनिरहेको मुलुक हो । भारतमा कोरोनाले भयावह अवस्था बनाउँदा त्यसको प्रभाव छिमेकी मुलुक नेपालमा पर्नु स्वभाविक हो ।

विज्ञका अनुसार बेलैमा सावधानी अपनाएर भारतबाट हुने अवैध आवतजावत रोक्न सकेको भए नेपालमा कोरोनाले त्यति ठूलो असर पार्ने थिएन । तर सरकारी तवरबाटै त्यसलाई बेवास्ता गरिँदा अहिले नेपाल कोरोना भाइरस सङ्क्रमणको नराम्रो दलदलमा फसेको छ । नेपालले पनि कोरोनाका कारण कठिन परिस्थितिको सामना गर्नु परिरहेको छ । दैनिक १० हजार हाराहारी नयाँ सङ्क्रमित थपिने गरेका छन् । एक दिनमा दुई सय हाराहारीको मृत्यु कोरोनाका कारण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com