ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा कोरोना संक्रमणदरमा कम हुँदै, मृत्युदर भने उस्तै


एबीसी / संवाददाता
जेष्ठ १, २०७८ शनिबार  ६ : ५३ बजे

काठमाडौं, १ जेठ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिने क्रम घट्दै गएको छ । तर कोरोनाका कारण हुने मृत्युको सङ्ख्या भने उस्तै रहेको छ । सङ्क्रमित बनेर दैनिक मृत्युवरण गर्नेको सङ्ख्यामा भने कमी हुन नसकिरहेको हो । दैनिक थपिने नयाँ सङ्क्रमितको सङ्ख्या भने कम हुँदै गइरहेको छ ।यसअघि दैनिक चार लाखसम्म सङ्क्रमित भेटिने गरेको भारतमा पछिल्लो २४ घण्टामा तीन लाख २६ हजार दुई सय २९ जना नयाँ बिरामी थपिए । अघिल्लो दिन भारतमा तीन लाख ३८ हजार १९ जनामा कोरोना पुष्टि भएको थियो ।

अघिल्लो दिनको तुलनामा नयाँ थपिएको सङ्ख्या ११ हजार सात सय ९० ले कम हो । दैनिक सङ्क्रमण कम हुँदै गइरहे पनि सामान्य उतारचढावबाहेक मृत्यु हुनेको सङ्ख्या भने घट्न सकिरहेको छैन ।पछिल्लो २४ घण्टामा भारतमा तीन हजार आठ सय ७९ जनाको मृत्यु भयो । अघिल्लो दिनको तुलनामा मृत्यु हुनेको सङ्ख्या नौ ले मात्रै कम हो ।

अघिल्लो दिन तीन हजार आठ सय ८८ जनाको मृत्यु भएको थियो । भारतमा हालसम्म दुई करोड ४३ लाख ७२ हजार दुई सय ४३ जनामा कोरोना पुष्टि भइसकेको छ । कोरोनाका कारण दुई लाख ६६ हजार दुई सय २९ जनाको मृत्यु भइसकेको छ ।नेपालसँग खुला सीमा रहेको भारत कोरोनाका कारण नराम्ररी प्रभावित बनिरहेको मुलुक हो । भारतमा कोरोनाले भयावह अवस्था बनाउँदा त्यसको प्रभाव छिमेकी मुलुक नेपालमा पर्नु स्वभाविक हो ।

विज्ञका अनुसार बेलैमा सावधानी अपनाएर भारतबाट हुने अवैध आवतजावत रोक्न सकेको भए नेपालमा कोरोनाले त्यति ठूलो असर पार्ने थिएन । तर सरकारी तवरबाटै त्यसलाई बेवास्ता गरिँदा अहिले नेपाल कोरोना भाइरस सङ्क्रमणको नराम्रो दलदलमा फसेको छ । नेपालले पनि कोरोनाका कारण कठिन परिस्थितिको सामना गर्नु परिरहेको छ । दैनिक १० हजार हाराहारी नयाँ सङ्क्रमित थपिने गरेका छन् । एक दिनमा दुई सय हाराहारीको मृत्यु कोरोनाका कारण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

सम्बन्धित

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

प्रलोपाको ‘व्यवस्था परिवर्तन’ प्रतिबद्धता (पूर्णपाठ)

रास्वपा निर्वाचनमा ‘नागरिक करारपत्र’ : दलीयकरण अन्त्य, उच्च आयोग गठनको वाचा

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com