ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना सङ्क्रमण बढेसँगै निषेधाज्ञा जारी गरिएपछि गर्भवती तनाबमा


एबीसी / संवाददाता
बैशाख २१, २०७८ मंगलबार  १ : ३० बजे

टीकापुर, २१ वैशाख । कोरोना भाइरस सङ्क्रमणको दोस्रो भेरियन्टको सङ्क्रमण तीब्ररुपमा फैलिएपछि गर्भवती तथा सुत्केरी बढी तनाबमा देखिएका छन् । कोरोना सङ्क्रमण भइहालेमा घरमै आइसोलेशनमा बस्नेदेखि अस्पतालमा भर्ना हुने अवस्थाका अन्य व्यक्तिलाई भन्दा गर्भवती तथा सुत्केरीका लागि बढी जोखिम हुने हुँदा उनीहरु बढी नै चिन्तित बनेका हुन् ।

टीकापुरकी रमिला चौधरीको यही वैशाख २८ गतेको सुत्केरी हुने मिति अस्पतालले दिएको छ । टीकापुर अस्पतालमा नियमित गर्भ परीक्षण गरिरहेकी रमिला सुत्केरी हुने मिति नजिकिदै गर्दा निकै चिन्तामा हुनुहुन्छ । जागिरे रमिलालाई कार्यालयले कोरोना सङ्क्रमण बढेपछि बिदा मिलाइदिएको छ तर उहाँलाई अस्पतालसम्म कसरी जाने भन्ने चिन्ताले सताएको छ । ‘‘आठ महिनामा भिडियो एक्सरे गर्दा डाक्टरले बच्चा उल्टो छ भन्नु भएको थियो । अस्पतालमा कोरोना सङ्क्रमणका धेरै बिरामी छन् । मलाई अस्पताल गए सङ्क्रमित भइन्छ कि भन्ने डर छ’’, रमिला भन्नुहुन्छ, ‘‘घरमा सुरक्षित छु, सामान्य हिसाबले बच्चा जन्मिए त हुन्थ्यो तर शल्यक्रिया गर्नुपर्ने हो कि भन्ने डर लागिरहेको छ ।’’ उहाँ सुत्केरी हुने भन्दा पनि कोरोना सङ्क्रमण भइन्छ कि भन्ने चिन्ता लागेको बताउनुहुन्छ ।

टीकापुरकै रुपनी शर्माको पनि सुत्केरी मिति नजिकिएको छ । दोस्रो बच्चा पाउने मिति आइसक्दा रुपनी पनि कसरी अस्पताल जाने भन्ने चिन्तामा रहेको बताउनुहुन्छ । ‘‘पहिलो बच्चा शल्यक्रिया गरी निकालिएको हो । शल्यक्रिया गर्दा एक साता बढी अस्पताल बस्नु परेको थियो, यस पटक के हुने हो भन्ने डर लागिरहेको छ’’, उहाँले भन्नुभयो, ‘‘पहिलो बच्चा पनि सानो छ । कोरोना भन्ने कस्तो रोग आयो । आफ्नै मान्छे पनि नजीक आउन डराउनु पर्ने, अस्पताल जान पनि डर लाग्ने ।’’

कैलालीको जोशीपुरकी सन्ध्या विक पहिलो पटक गर्भवती हुनुभएको छ । सन्ध्याका श्रीमान् स्वास्थ्यकर्मी हुनुहुन्छ । श्रीमान् दिनभरि कार्यालयमा काम गर्नुहुन्छ, सन्ध्यालाई तनाब बढेको छ । ‘‘ गाउँमा ज्वरो आएका बिरामी बढेका छन् । म आठ महिनाकी गर्भवती छु । श्रीमान् बिरामीको उपचार गर्ने काम गर्नुहुन्छ’’, सन्ध्याले भन्नुभयो, ‘‘कुन दिन हामी पनि सङ्क्रमित हुन्छौँ भन्ने डरले सताएको छ ।’’

टीकापुर अस्पतालमा उपचारमा आउने तीन जना गर्भवतीलाई कोरोनाका लक्षण देखिएको छ । एक जना गर्भवती सङ्क्रमित भएर अस्पतालमै उपचार भइरहेको छ । गर्भ परीक्षण सेवा नियमित राखेको टीकापुर अस्पतालले यस साताबाट दुई साताका लागि बन्द गर्ने तयारी गरेको छ । ‘‘समुदायमा सङ्क्रमण फैलिएको छ । यस्तो बेला सुत्केरी र गर्भवती बढी सुरक्षित हुन आवश्यक छ’’, सिनियर स्टाफ नर्स कल्पना खड्काले भन्नुभयो, ‘‘सेवा नियमित भए पनि गर्भवतीहरु डरले अस्पताल आउन सक्नु भएको छैन । हामीले पनि दुई हप्ता गर्भ परीक्षण सेवा नगर्ने सल्लाह गरेका छौँ । सङ्क्रमण फैलिनबाट जोगिन यो आवश्यक छ ।’’

अस्पतालले समस्यामा रहेका गर्भवती तथा सुत्केरीलाई टेलिफोनबाट परामर्श दिन थालेको छ । टीकापुर अस्पतालमा सातामा दुई दिन गर्भ परीक्षण सेवा दिइन्छ । सातामा ७० जनासम्म गर्भवती सेवा लिन आउने गरेको स्टाफ नर्स खड्काले बताउनुभयो । ‘‘कुनै दिन त ३५ जनासम्म गर्भवती आउँथे, यो त जोखिम भयो भनेर हामीले फोनमै समस्या भए सोध्न भनेका छौँ’’, उहाँ भन्नुहुन्छ, ‘‘यस्तो बेला खानपिनमा ध्यान दिने, घरमै रमाउने, तनाबबाट मुक्त भएर बस्नुपर्छ ।’’
अस्पतालका स्त्री रोग विशेषज्ञ गौरी रिजाल अन्य नागरिकभन्दा गर्भवती तथा सुत्केरीको रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले सर्तकता अपनाउन आवश्यक रहेको बताउनुहुन्छ । ‘‘सङ्क्रमणको जोखिम पनि बढी हुन्छ, यस्तो बेला बालबालिका र आमालाई जोगाउन सचेतना अपनाउनु नै विकल्प हो’’, डा रिजालले भन्नुभयो, ‘‘सुत्केरी सेवा नियमित छ । सुत्केरी सेवा दिँदा स्वास्थ्यका मापदण्ड पूरा पालना गरिएका छन् । ब्यथा लागेमा अस्पताल आउनुहोला । घरमै सुत्केरी हुनु सुरक्षित होइन ।’’

टीकापुर अस्पतालमा दैनिक चारदेखि छ जनासम्म महिलाले सुत्केरी सेवा लिने गरेका छन् । अस्पतालले अन्य सेवा बन्द गरे पनि सुत्केरी सेवा स्वास्थ्यका मापदण्ड पालना गरेर नियमित दिइरहेको छ । यहाँ टीकापुरका मात्र नभई कैलालीका जानकी, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र बर्दिया जिल्लाको राजापुर नगरपालिकाका महिलासमेत सेवा लिन आउने गरेका छन् । कोरोना सङ्क्रमण बढेसँगै निषेधाज्ञा जारी गरिएपछि सुत्केरी व्यथा लागेका महिला अस्पतालसम्म सहजै आउन झन कठिनाइ भइरहेको बताउँछन् । हरेक पालिकामा रहेका स्वास्थ्य संस्थामा समेत सुत्केरी सेवा उपलब्ध भएपनि त्यहाँ शल्यक्रिया सेवा नभएका कारण अधिकांश महिला सेवा लिन यहाँ आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com