काठमाडौँ, १७ वैशाख । कोरोना सङ्क्रमित भारतीय टीभी पत्रकार रोहित सरदानाको उपचारका क्रममा ज्यान गएको छ । पत्रकार सरदानालाई अप्रिल २४ मा सङ्क्रमण पुष्टि भएको थियो । उहाँको दिल्लीको नोयडामा रहेको मेट्रो अस्पतालमा ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जी–न्यूजमा प्रसारण हुने ‘ताल ठोक के’ कार्यक्रमबाट निकै चर्चित सरदाना सन् २०१७ मा जी–न्यूज छाडेर आज तकमा जानुभएको थियो ।
आज तकबाट प्रसारण हुने चर्चित कार्यक्रम ‘दंगल’ का कार्यक्रम सञ्चालक सरदानाको निधनमा भारतीय राजनीतिज्ञ र सेलिब्रेटीले शोक व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्