ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ भेरियन्टको कोरोना सङ्क्रमितमध्ये ९० प्रतिशतलाई अक्सिजन दिनुपर्ने : टेकुमा ६८ गम्भीर, १३ जना अतिगम्भीर


एबीसी / संवाददाता

काठमाडौं, १७ बैशाख । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल केही दिन अघिमात्रै अस्पताल प्राङ्गणमा कोरोना विरुद्धको खोप लगाउनेको लाइन देखिन्थ्यो । तर, अहिले सङ्क्रमित भएर उपचारका लागि अस्पताल आउनेको भीड देखिन थालेको छ ।

विहीबारसम्म टेकुमा उपचाररत ६८ संक्रमितको अवस्था गम्भीर रहेको अस्पतालका निर्देशन डा.सागर राजभण्डारीले बताउनुभएको छ ।  उहाँले ६८ जनामध्ये १३ जनाको अवस्था अझ नाजुक रहेको बताउनुभयो ।

नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै उपचारका लागि टेकु अस्पताल पुगेको सङ्ख्या पनि बढ्दै गएको निर्देशक राजभण्डारीले बताउनुभयो ।‘कोरोना संक्रमित दिनानुदिन बढ्दै छ, अस्पताल आउनेको संङ्ख्यामा पनि वृद्धि भइरहेको छ,’ उहाँले भन्नुभयो,‘उपचारका लागि अस्पताल आउने सङ्क्रमितलाई कहाँ राखेर उपचार गर्ने भन्ने समस्या थपिएको छ ।’ उहाँका अनुसार उपचारका लागि स्वास्थ्यकर्मी तयार रहेपनि स्रोत साधनका अभावका कारण उपचारका समस्या हुने गरेको बताउनुभयो ।

‘अस्पतालमा कोरोनाका विरामीको उपचारका लागि बेड क्षमता जम्मा ६० रहेको छ । अहिले त्यसलाई बढाएर ७० पुग्याएका छौं,’ उहाँले भन्नुभयो, ‘अस्पताल सानो छ अझै बेडको अवश्यक पर्छ । तर, राख्ने ठाउँ छैन । हामीले बाहिरै बेड राखेर भएपनि सङ्क्रमित बिरामीको उपचार गरिरहेका छौ ।’

अस्पतालमा उपचारका लागि आउने गम्भीर बिरामीबाहेकका सामान्य बिरामीलाई अन्य अस्पतालसँग समन्वय गरेर बेड खाली भएको ठाउँमा पठाउने गरेको उहाँले बताउनुभयो । अस्पतालमा उपचार सङ्क्रमित बिरामीको निःशुल्क उपचार गर्दै आएको समेत उहाँले बताउनुभयो ।

‘यहाँ उपचाररत संक्रमितले उपचारको पैसा पनि तिर्नुपर्दैन, खाना, खाजाको पनि पदैन,’ निर्देशक राजभण्डारीले भन्नुभयो, ‘उहाँहरुलाई हामीले निःशुल्क उपचार गरिरहेका छौ । तर, नयाँ भेरियन्टको कोरोना सङ्क्रमितमध्ये ९० प्रतिशतलाई अक्सिजन दिनुपर्ने हुन्छ । अक्सिजन प्रयाप्त नहुन्दा समस्या भएको छ ।’

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जना कोरोना सङ्क्रमित भेटिएका हुन् । यसैगरी पछिल्लो २४ घण्टामा चार हजार ९२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com