काठमाडौं, १७ बैशाख । खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।‘शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखियोको थापाको सचिवालय स्रोतले जनाएको छ । थापाको स्वास्थ्य सामान्य रहेको र उहाँ निवासमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ । चार दिन अगाडि थापाको छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि मन्त्री थापासहित उहाँको सचिवालयमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्