काठमाडौं, १६ बैशाख । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)का चार सांसद पदमुक्त भएका छन् । प्रदेश सभा सचिवालयले बिहीवार सूचना निकालेर सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको जानकारी गराएको हो ।
सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ ९१० र विजयकुमार यादव बाँके क्षेत्र नम्बर ९९१० बाट प्रत्यक्ष निर्वाचित हुन् भने रायमाझी र पाण्डे समानुपातिक सांसद हुन् । उनीहरू चारै जना केही दिनअघि मात्रै लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका थिए । प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आफैँविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टी ९जसपा० का तीन सांसदसहित चार जनालाई मन्त्री बनाउनुभएको थियो । पाण्डेबाहेक तीनैजनाले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको केही घण्टामै उनीहरूले लुम्बिनी प्रदेशको मन्त्री बनेर शपथ ग्रहण गरेका थिए । लुम्बिनीमा चार
यता (जसपा) का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशमा चार सांसदलाई पदमुक्त गरिएकोप्रति असन्तुष्टि जनाउनुभएको छ । उहाँले जसपाका सांसदहरूलाई आफूले कारबाही नगरेको पत्र लुम्बिनी प्रदेशका सभामुखलाई पठाउनुभएको छ ।लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीको केन्द्रीय कार्यकारिणी समितिबाट नभएको भन्दै अध्यक्ष ठाकुरले प्रदेश सभामा अर्को पत्र पठाउनुभएको हो ।ठाकुरले प्रदेश सभामा पठाउनुभएको पत्रमा लुम्बिनी प्रदेश सभा सदस्यलाई केन्द्रबाट कुनै कारबाही नभएको जनाउनुभएको छ । ‘लुम्बिनी प्रदेशमा पूर्वराजपा नेपाल र पूर्वसपाका प्रदेश समितिको समायोजन हुन नसकी जसपा नेपालको प्रदेश समिति गठन हुन बाँकी नै रहेको तर प्रदेश सभामा दुवै संसदीय दलको समायोजन भइ जसपा नेपालको ६ सदस्यीय संसदीय दल गठन भइ कार्यरत रहेकाले यसैलाई स्वायत्तता दिइ प्रदेश सभासम्बन्धी सम्पूर्ण कार्य लोकतान्त्रिक प्रक्रियाबाट गर्न गराउन निर्देशन पठाइसकेको र त्यसैलाई मान्यता दिइने व्यहोरा जानकारी गराइन्छ’, पत्रमा भनिएको छ । यस्तै उज्यालोसँग कुरा गर्दै जसपा नेता लक्ष्मणलाल कर्णले प्रदेश सभा सदस्यलाई कारबाही गर्नेबारे कुनै छलफल नभएको बताउनुभएको छ । ठाकुर र कर्ण पूर्वराजपा समूहका हुन् ।
प्रतिक्रिया दिनुहोस्