काठमाडौं, १६ बैशाख । देशभर ४९ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उपत्यकासहित विभिन्न स्थानमा निषेधाज्ञा लागेकै दिन देशभर ४९ सय २८ जनामा संक्रमण पुष्टि भएको हो । देशभर विभिन्न अस्पतालमा ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसैवीच काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जना कोरोना संक्रमित भेटिएका हुन् । पछिल्लो २४ घण्टामा ८८८ जना निको भएका छन् । नेपालमा कूल संक्रमित संख्या ३ लाख १७ हजार ५३० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्