ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्लान्ट नहुँदा अक्सिजन बाहिरबाट किन्ने बाध्यता


एबीसी / संवाददाता

वीरगञ्ज, १३ वैशाख
नारायणी अस्पतालमा अक्सिजन प्लान्ट नभएकाले अहिले अर्कै जिल्लाबाट किन्नुपर्ने बाध्यता रहेको छ । दोश्रो चरणको कोरोनाको प्रकोप यहाँ ह्वात्तै बढेपछि अक्सिजन प्लान्ट राख्नुपर्ने आवाज उठिरहेको छ ।

नारायणी अस्पतालमा अक्सिजनका १०० सिलिन्डर मौज्दात अवस्थामा रहे पनि कुनैपनि बेला अभाव हुनसक्ने भएकाले यहाँ अक्सिजन प्लान्ट अति आवश्यक रहेको अस्पताल विकास समितिका सदस्य सुरेन्द्र गुप्ताले बताउनुभयो ।

पर्सा क्षेत्र नम्बर–२ का सांसद बिमल श्रीवास्तावले आफ्नो संसदीय विकास कोषबाट अक्सिजन प्लान्ट राख्न रु दुई करोड वीरगञ्ज महानगरपालिकालाई दिए पनि हालसम्म सो प्लान्ट स्थापना हुन नसकेकाले जुनसुकै बेला समस्या आउनसक्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार ठाकुरले बताउनुभयो ।

मुख्य अक्सिजन सप्लायर्स भाजुरत्नले सप्लाई दिन नसकेको खण्डमा समस्या आउने जनाउँदै मेसु ठाकुरले अस्पतालले आफ्नो खर्च अक्सिजन प्लान्ट राख्ने सोच बनाएको बताउनुभयो । सप्लार्यसले प्रत्येक दुई घण्टामा मागअनुसारको अक्सिजन सिलिन्डर पठाउने गरेकाले हाल सोको अभाव देखिएको छैन । कोरोना सङ्क्रमित बिरामीलाई होम आइसोलेसनमा जान भने पनि उनीहरु घर जान नमान्दा त्यस्ता बिरामीलाई पनि अक्सिजन दिनुपर्ने भएकाले अक्सिजनको बढी दुरुपयोग हुने गरेको बताइएको छ ।

अस्पतालको प्रयोशालामा शुक्रबार गरिएको परीक्षणमा ८६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । एक सय ३९ जनाको पिसिआर परीक्षण गर्दा ६३ पुरुष र २३ महिला गरी ८६ जनामा सङ्क्रमण देखिएको अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिनुभयो । हालसम्म सो अस्पतालमा उपचारका क्रममा चैत यता आठ जनाको मृत्यु भइसकेको डा दासले बताउनुभयो ।

निजि अस्पतालमा सङ्घीय सरकारले कोरोना सङ्क्रमितको उपचारका लागि थप्ने भनेर रकम पठाइए पनि केही अस्पतालले श्यया नथपेकाले नारायणी अस्पतालमा यस्ता बिरामीको चाप बढ्दै गएको छ । अहिले नारयणी अस्पतालमा बिरामीको उपचार गर्न ४० श्यया छुट्टाइएको छ । चालीसमध्ये ३१ श्ययामा कोरोना सङ्क्रमित बिरामी उपचाररत रहेको अस्पतालका मेसु डा ठाकुरले जानकारी दिनुभयो । (रासस)
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com