ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाम्राङ–बुइपा हुँदै गाईघाटसम्मको सिधा बस सेवा शुरु


एबीसी / संवाददाता

खोटाङ, १३ वैशाख :
 जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित रत्नपार्कबाट बाम्राङ–बुइपा हुँदै गाईघाटसम्म सिधा बस सेवा शुरु गरिएको छ । खोटाङ यातायात प्रालिले आइतबारदेखि नियमित सञ्चालन हुनेगरी दिक्तेल–बाम्राङ–डल्लेखोला दोभान–दम्कु–बुइपा हुँदै गाईघाटसम्मको सिधा बस सेवा शुरु गरेको हो ।
दिक्तेलको रत्नपार्कबाट प्रत्येक दिन दिउँसो ४ बजे बाम्राङ–डल्लेखोला दोभान–दम्कु–बुइपा हुँदै गाईघाटका लागि बस छुट्ने यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो । पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडकमा नियमित बस सेवा शुरु भएपछि यात्रुहरु हर्षित भएका छन् ।
यसअघि रत्नपार्कबाट मुडे–नुनथला–महुरे हुँदै गाईघाटलगायत पूर्वी तराईका विभिन्न जिल्लामा नियमित सिधा बस सेवा सञ्चालनमा थियो । बाम्राङ तथा बुइपाको तल्लो भेगमा पर्ने उक्त सडक खण्डमा नियमित बस सेवा सञ्चालनमा आएपछि यात्रा गर्न तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज भएको छ ।
बाम्राङ र बुइपाबासीको मागलाई सम्बोधन गर्दै यातायात व्यवसायीसँग सहकार्य गरेर नियमित बस सेवा शुरु गरिएको बाम्राङका वडाध्यक्ष ललित राईले बताउनुभयो । निर्माण सम्पन्न गरेको लामो समयसम्म प्रयोगविहीन बनेको उक्त सडकखण्डमा नियमित बस सेवा सञ्चालन गर्न यातायात व्यवसायीलाई आग्रह गरिएको छ ।
उक्त सडक खण्डको डल्लेदोभानमा मोटरेबल पक्की पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम सम्पन्न भएको र रु तीन करोड ८८ लाख लागत अनुमान आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख रिजालले बताउनुभयो । डल्लेखोला दोभानमा आर्थिक वर्ष २०७७÷०७८ मा पुलको बोलपत्र आह्वान हुने र सडक स्तरोन्नतिका लागि विभिन्न निकायसँग समन्वय गर्ने नगरप्रमुख रिजालले जानकारी दिनुभयो ।
दश स्थानीय तह रहेको जिल्लाका सबै स्थानीय तह पछिल्लो समय राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । जिल्लाका सबै ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन स्थानीय तहहरु लागी परेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका ७९ वटै वडामा साना तथा ठूला यातायात सञ्चालनमा छन् । गाउँगाउँमा निर्माण गरिएका सडकमा नियमित यातायात सञ्चालनमा आएपछि कृषि उपज निर्यात तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज भएको स्थानीय बासिन्दाले बताएका छन् ।
चौध वर्षदेखि यातायातका साधन सञ्चालन भएको जिल्लामा पछिल्लो समय राजधानी काठमाडौँ तथा पूर्वी तराईका विभिन्न जिल्लासँग सिधा बस सेवा सञ्चालनमा छ । पूर्वी पहाडी जिल्ला खोटाङमा विसं २०६४ मा नेपाली सेनाको हेलिकोप्टरमार्फत गाडी ल्याएर दैनिक यातायात सञ्चालन गरिएको हो । (रासस)
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com