ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितकलाको प्रतिष्ठान बनाउन सुवालको ठूलो योगदान


एबीसी / संवाददाता

काठमाडौँ, ११ वैशाख
 विगतमा प्रज्ञा–प्रतिष्ठानकै एक शाखाका रुपमा थियो ललितकला विभाग । त्यसले ललितकला क्षेत्रको विकास गर्न सक्दैन भन्ने निष्कर्ष निकालेर आन्दोलन चर्काउनेमध्येका एक हुनुहुन्थ्यो अग्रज कलाकार शङ्करराज सिंह सुवाल ।
त्यसैले पञ्चायतकालीन समयमा चन्द्रमानसिंह मास्केको नेतृत्वमा ललितकला प्रज्ञा– प्रतिष्ठान स्थापनाका लागि बनेको समितिले आन्दोलन शुरु ग¥यो । सुवाल त्यस समितिको सदस्य भएर आन्दोलनमा सक्रिय सहभागी हुनुभयो । अन्ततः आन्दोलनले सफलता प्राप्त ग¥यो । अहिले नेपाल प्रज्ञा–प्रतिष्ठानसँगै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठानले स्वयत्तरुपमा काम गरिरहेको छ । यसरी अलग्गै प्रतिष्ठान आउनुहा सुवालसहितका समूहको अथक योगदान छ ।
तिनै योद्धा, आधुनिक कलाकार समाजका अध्यक्ष सुवालको शुक्रबार साँझ कोभिड–१९ सङ्क्रमणबाट भएको निधनले कला क्षेत्रमै अपूरणीय क्षति पुगेको छ । समाजका महासचिव तथा कलाकार जीवन राजोपाध्यय उहाँले प्रतिष्ठान स्थापनाका आन्दोलन मात्रै होइन कला सिर्जनाका माध्यामबाट पनि समाजलाई ठूलो योगदान गर्नुभएको अनुभव सुनाउनुहुन्छ । “दाइले कला क्षेत्रमा यति ठूलो योगदान गर्नुभयो, उहाँसँगै बसेर मैले पनि धेरै काम गरेँ, उहाँकहरुकै आन्दोलनले अहिले ललितकलाको छुट्टै प्रतिष्ठान बन्न सफल भयो तर आज श्रद्धाञ्जलिसमेत दिन नपाउँदा मन खिन्न छ”, राजोपाध्यले दुःखका साथ भन्नुभयो ।
निकै लामो समय गोरखापत्रमा काम गरेर उपल्लो तहबाट सेवा निवृत्त हुनुभएका उहाँ यथार्थवादी धाराका चित्रकार हुनुहुन्थ्यो । लैनसिंह वाङ्देलबाट प्रशिक्षित सुवालले भारतको बरोडाबाट औपचारकि कला शिक्षा लिनुभएको हो । प्रिन्ट मेकिङ, डिजाइनमा समेत दख्खल राख्ने उहाँले नयाँपुस्ताका धेरै कलाकार जन्माउनुभएको छ ।
कला क्षेत्रको उन्नयनका लागि उहाँलगायतको समूहले विसं २००१ मा आधुनिक कलाकार समाज गठन गरेको थियो । समितिमा संस्थापक महासचिव भएर सुवालले संस्थालाई अगाडी बढाउनुभयो । हालका महासचिव राजोपाध्यय उहाँ नहुनुभएको भए संस्था यो अबस्थासम्म आउन नसक्ने बताउनुहुन्छ । समाजका संस्थापक अध्यक्ष कर्मा मास्के, शान्ता राई र हिरालाल डङ्गोलको यसअघि नै निधन भइसकेको छ ।
कलाकार सुवाल झण्डै एक दशकदेखि मुटुरोगी हुनुहुन्थ्यो । मुटुमा पेश मेकर राखिएको थियो तर पनि उहाँले आफ्नो कला क्षेत्रलाई विट मारिसक्नु भएको थिएन । सके जती योगदान दिँदै आउनुभएको थियो । कलाकार सुवालले आफ्ना सिर्जनाको पटकपटक एकल प्रदर्शनीसमेत गर्नुभएको थियो ।
त्यसअघि एउटा आर्टिष्ट सर्कल बनेको थियो । सर्कलमा रहेर उहाँले ललितकलामा ठूलो योगदान गर्नुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य उक्त सर्कलमा सँगै बसेर काम गरेको अनुभव सुनाउनुहुन्छ ।
अतियथार्थवादी कलाकार सुवालले राजाका पालका राजनीति, ठूलाठूला लढाईंका सुन्दर चित्र बनाउनु भएको छ । उहाँको पेन एण्ड इन्क आर्ट असाध्दै सुन्दर हुने कर्माचार्यले बताउनुभयो । उहाँले पिस आर्ट पनि गर्नुभएको छ । धार्मिक, सांस्कृतिक चित्रहरु भने अली कम रहेको छ ।
कलाकार तथा कला कार्यशालाका अभियानकर्मी दिवेश प्रधान धेरै चित्रकारका गुरु सुवालले आफ्नै घरमा चित्रकला सिकाउने र विभिन्न क्षेत्रमा विद्यार्थी लिएर चित्र उतार्न लगाउने गरेको सम्झनुहुन्छ । उहाँको लिथोग्राफीमा समेत राम्रो अनुभव थियो । प्रधान उहाँका पौराणिक तथा ऐतिहासिक चित्र स्मरण योग्य छ भन्नुहुन्छ । त्यसैले उहाँको योगदानको स्मरण गर्दै आज गर्न लागिएको शनिबारीय कला कार्यशालासमेत स्थगित गरिएको प्रधानले बताउनुभयो ।
एक हप्ताअघि यस्तै कार्यक्रमका लागि भनेर सुवाल कीर्तिपुर जानुभएको थियो । त्यसपछि बिरामी हुनुभएको परिवारका सदस्य बताउछन् । मुटुको पेश मेकर फेर्ने बेला भएकाले समस्या आयो कि भन्ने लागेर जचाँउन लगिएको थियो तर अस्पतालमा जाँच गर्दा कोभिड–१९ सङ्क्रमण देखियो ।
परीक्षण गर्दा परिवारका पाँचै सदस्यमा कोरोना देखिएपछि अस्पतालमा भर्ना भएका थिए । तर बुबालाई भने बचाउन नसकिएको विकेनले बताउनुभयो । उपचारका लागि सघन उपचार कक्षमा र भेन्टिलेटरमा राख्नुपर्ने चिकित्सकको सुझाव आएपछि धेरै ठाउँमा प्राप्त हुन नसकेको र अन्तिममा टेकुमा फेला परेर भेन्टिलेटरमा राखिएकामा उपचार सफल हुन सकेन । शुक्रबार साँझ ५ः४५ बजे ७५ वर्षको उमेरमा उहाँको निधन भएको हो । विकेनसहित श्रीमती, आमा, छोरा अहिले पनि अस्पतालमा उपचाररत हुनुहुन्छ । अग्रज कलाकार सुवालका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।(रासस)
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com