ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली -प्रचण्डको पार्टी एकता वार्ता बालुवाटारको चियापसलमा


ABC NEWS

काठमाडौं ७ पुस । हालै सम्पन्न निर्वाचनामा आशातित सफलता प्राप्त गरेका एमाले र माओवादी बीचको पार्टी एकता गर्न दुवै दलका अध्यक्ष निकै हतारमा रहेका छन् । शुक्रबार दिउंसो एमाले स्थायी समितिको बैठक बोलाइएकाले विहानै एमाले उपाध्यक्ष बामदेव गौतमा प्रचण्ड निवास पुगेका थिए । झण्डै सवा घण्टा दुईजनाले मात्र पार्टी एकताका विषयमा नै कुरा गरेको अध्यक्ष प्रचण्डले एबीसीलाई बताए । प्रचण्डका अनुसार चुनावी गठवन्धनदेखि अहिलेसम्म आउंदा ओलीसंगको केमेस्ट्री जमिरहेको छ । गौतमले पनि शुक्रबार विहान प्रचण्डलाई छिटोभन्दा छिटो पार्टी एकता गर्नु पर्ने अध्यक्ष ओलीको धारणा रहेको बताएक थिए ।
विहान ११ बजे बालुवटारमा कांग्रेससंगको बैठक लगत्तै ओली र प्रचण्ड प्रम निवासको ३ नं. गेट अगाडिको चियापसलमा वान टु वान आधा घण्टाभन्दा बढी कुरा गरे । त्यो भेटमा पछिल्लो समयको समीक्षा सहित ओलीले आफ्नो पार्टीको स्थायी समितिको पार्टी एकतासम्वन्धी छलफल गर्ने विषयमा जानकारी गराएका थिए ।
ओली र प्रचण्ड चियापसलमा पसेको देख्दा छिमेकीहरु चकित परेका थिए । ओलीका एकजना सहयोगीका अनुसार त्यो चिया पसलमा विभिन्न किसिमका हिमाली चियाहरु पाइने हुनाले ओलीले धेरै पटक त्यहांबाट चिया किन्ने गरेका थिए ।
ओली निकट एकजना नेताका अनुसार चिया सम्वादमा हिजो मोदीले उनीहरुलाई गरेको टेलिफोन सम्वाददेखि अध्यादेश र निर्वाचन आयोगको भूमिकाका विषयमा समेत छलफल भएको थियो । त्यो भेटको मुख्य उद्धेश्य भने पार्टी एकताका विषयमा प्रचण्डले कसरी सोचिरहेका छन् भन्ने बारेमा ओलीलाई जान्नु थियो । त्यसका आधारमा नै अ‍ोलीले स्थायी समितिको बैठकमा जानकारी गराउने छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन

एसईईको नतिजा यसै वर्ष सुधार हुन्छ- प्रधानमन्त्री

सम्बन्धित

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com