ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली -प्रचण्डको पार्टी एकता वार्ता बालुवाटारको चियापसलमा


ABC NEWS
पुस ७, २०७४ शुक्रबार   ३ : २४   बजे

काठमाडौं ७ पुस । हालै सम्पन्न निर्वाचनामा आशातित सफलता प्राप्त गरेका एमाले र माओवादी बीचको पार्टी एकता गर्न दुवै दलका अध्यक्ष निकै हतारमा रहेका छन् । शुक्रबार दिउंसो एमाले स्थायी समितिको बैठक बोलाइएकाले विहानै एमाले उपाध्यक्ष बामदेव गौतमा प्रचण्ड निवास पुगेका थिए । झण्डै सवा घण्टा दुईजनाले मात्र पार्टी एकताका विषयमा नै कुरा गरेको अध्यक्ष प्रचण्डले एबीसीलाई बताए । प्रचण्डका अनुसार चुनावी गठवन्धनदेखि अहिलेसम्म आउंदा ओलीसंगको केमेस्ट्री जमिरहेको छ । गौतमले पनि शुक्रबार विहान प्रचण्डलाई छिटोभन्दा छिटो पार्टी एकता गर्नु पर्ने अध्यक्ष ओलीको धारणा रहेको बताएक थिए ।
विहान ११ बजे बालुवटारमा कांग्रेससंगको बैठक लगत्तै ओली र प्रचण्ड प्रम निवासको ३ नं. गेट अगाडिको चियापसलमा वान टु वान आधा घण्टाभन्दा बढी कुरा गरे । त्यो भेटमा पछिल्लो समयको समीक्षा सहित ओलीले आफ्नो पार्टीको स्थायी समितिको पार्टी एकतासम्वन्धी छलफल गर्ने विषयमा जानकारी गराएका थिए ।
ओली र प्रचण्ड चियापसलमा पसेको देख्दा छिमेकीहरु चकित परेका थिए । ओलीका एकजना सहयोगीका अनुसार त्यो चिया पसलमा विभिन्न किसिमका हिमाली चियाहरु पाइने हुनाले ओलीले धेरै पटक त्यहांबाट चिया किन्ने गरेका थिए ।
ओली निकट एकजना नेताका अनुसार चिया सम्वादमा हिजो मोदीले उनीहरुलाई गरेको टेलिफोन सम्वाददेखि अध्यादेश र निर्वाचन आयोगको भूमिकाका विषयमा समेत छलफल भएको थियो । त्यो भेटको मुख्य उद्धेश्य भने पार्टी एकताका विषयमा प्रचण्डले कसरी सोचिरहेका छन् भन्ने बारेमा ओलीलाई जान्नु थियो । त्यसका आधारमा नै अ‍ोलीले स्थायी समितिको बैठकमा जानकारी गराउने छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group