ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोटेश्वर–कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडान गरिँदै


एबीसी / संवाददाता
बैशाख ८, २०७८ बुधबार  ४ : ०० बजे

काठमाडौँ, ८ वैशाख:

चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडानका लागि प्रक्रिया अघि बढाइएको छ । अहिले ठेक्का मूल्याङ्कन स्वीकृतिको चरणमा रहेको विभागले जनाएको छ ।

कोटेश्वर–कलङ्की खण्डमा चारदेखि पाँच ठाउँमा बत्ती जडान गर्ने योजना बनाइएको विभागका सडक सुरक्षा तथा ट्राफिक शाखाका युनिट चिफ कृष्णनाथ ओझाले बताउनुभयो । चीन सरकारको सहयोगमा केही वर्ष पहिले विस्तार भएको यो खण्ड उपत्यकामा सवारी दुर्घटना बढी हुने सडकमध्येको हो । उहाँका अनुसार यो सडकमा ट्राफिक बत्ती जडान चालू आवमा ठेक्का लागेर अर्काे वर्ष काम हुनेछ । यसका लागि बजेट छुट्टाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यो वर्ष शुरु भएपछि अर्काे वर्ष चार÷पाँच महिनामा सकिन्छ ।”

केही वर्ष पहिलेसम्म पनि काठमाडौँ उपत्यकामा कुनै पनि स्थानमा ट्राफिक बत्तीले काम नगरेकामा विभाग आफैँले केही वर्षयता गरेर झण्डै १९ ठाउँमा बत्ती जडान गरिसकेको छ । विभागलाई स्थानीय तहलगायत अरु निकायले जडान गरेकामा सम्पर्क नगरी जडान भइरहेको युनिट चिफ ओझाले जानकारी दिनुभयो । अहिलेसम्म बत्ती जसजसले जडान गरेको छ उसले ‘सिस्टम’ आआफ्नो तरिकाले राख्ने गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जेठसम्म मर्मत अवधि भएकाले त्यसपछि ‘सिस्टम’ विभागलाई हस्तान्तरण हुनेछ ।

विभागले जडान गरेका ठाउँमा पनि ‘मर्मत अवधि’ चलिरहेकाले अहिलेसम्म त्यसको ‘सिस्टम’ आउन बाँकी छ । जडान गर्ने कम्पनीले हस्तान्तरण गरेपछि केही अपडेट गर्नुपर्ने उहाँले बताउनुभयो । ‘प्रोग्राम’ नियन्त्रणको काम विभागको हुनेछ ।

उपत्यकामा रहेका सबै बत्तीको कुन समयसम्म कुन बत्ती बल्ने भनी समयको निर्धारण र नियन्त्रणको काम ट्राफिक प्रहरी महाशाखाले गर्दै आएको छ । उपत्यकाका विभिन्न स्थानमा ट्राफिक बत्तीका कारण सवारीसाधन व्यवस्थापन सजिलो बन्दै गएकाले उपत्यका र उपत्यका बाहिर पनि यसको माग आइरहेको छ ।
उपत्यका बाहिर पोखरा, वीरगञ्जलगायतका शहरी क्षेत्रमा पनि यसको माग छ । अहिलेसम्म काठमाडौँ उपत्यका बाहिरमा पोखरामा एउटा चोकमा बत्ती जडान भएको छ । विस्तारको क्रममा रहेको वीरगञ्ज–पथलैया सडकका विभिन्न खण्डमा बत्ती जडान गरिने भएको छ । सडक निर्माणको ठेक्कामा नै बत्ती जडान समेटिएको बताइएको छ । काठमाडौँ उपत्यका बाहिरका जनसङ्ख्या र सवारी चाप बढी भएका शहरमा यसको माग गर्ने क्रम बढिरहेको छ ।

काठमाडौँ उपत्यकामा केही वर्ष पहिले नै विभिन्न चोकमा बत्ती जडान भएपनि प्रयोगमा आउन सकेको थिएन । जडीबुटी, कोटेश्वर, थापाथलीलगायतका चोकमा कुनै निकायको सहयोगमा र कतै परीक्षणका लागि बत्ती जडान भएपनि प्रयोगमा आउन नसकेको हो ।

बत्ती नहुँदा सवारीसाधनको व्यवस्थापनको काम ट्राफिक प्रहरीले चोक चोकमा उभिएर गर्दै आएका थिए । अहिले बत्ती जडान भएका स्थानमा कम सङ्ख्यामा मात्रै ट्राफिक प्रहरी खटिएको देख्न सकिन्छ । विभागले चालु आबमा विभिन्न स्थानमा बत्ती जडान गर्ने गरी ठेक्का सम्झौता गरिसकेको छ । अहिलेसम्म चक्रपथ वा चक्रपथभित्रका स्थानमा मात्रै ट्राफिक बत्ती जडान भइरहेकामा उपत्यकामा चक्रपथको बाहिरी क्षेत्रमा यसको माग बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com