ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षात्ले सामुदायिक वनको डढेलो निभाउँदै, स्थानीयवासी खुशी


एबीसी / संवाददाता
बैशाख ७, २०७८ मंगलबार  ११ : ०९ बजे

डोटी, ७ वैशाख  :
जिल्लामा लामो समयपछि वर्षा भएको छ । वर्षा भएसँगै यहाँका सामुदायिक वनमा लागेको आगो पनि निभ्दै गएको छ । वर्षासँगै यहाँका किसान खुशी भएका हुन् ।

पानी परेसँगै खेतीबाली सप्रिने, केही दिनअघिदेखि बढेको वातावरणीय प्रदूषण कम हुने र आगलागी पनि नियन्त्रणमा आउने भन्दै स्थानीयवासीमा खुशीयाली छाएको शिखर नगरपालिका–२ का चेतबहादुर बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “आगलागीले पूरै वन सखाफ भएको थियो, वातावरणीय प्रदूषण पनि खराब थियो, अहिले पानी परेपछि राम्रो हुँदै गएको छ ।”

बिहीबार, शुक्रबार तथा शनिबार लगातार तीन दिन पानी पर्दा यहाँका बाँझो जमिन खनजोत गर्न तथा मकै छर्नका लागि निकै सहज भएको किसान बताउँछन् । डिभिजनल वन कार्यालय डोटीका अनुसार यहाँका सयौँ वन क्षेत्रमा लागेको आगो लगातार पानी पर्दा नियन्त्रणमा आउन थालेको छ । यस वर्ष गएको एक महिनाको अवधिमा जिल्लाका कम्तीमा पनि ३६० सामुदायिक तथा अन्य सरकारी वनमा आगलागी हुँदा वातावरण नै असहज बन्नुका साथै बस्तीसमेत खतरामा परेका थिए ।

डढेलोका कारण आगलागी हुँदा दर्जनौँ घरसमेत जलेका छन् । गएको असोज महिनायता पानी नपरेपछि यस वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको थियो भने बर्खेखेती लगाउन पनि असर परेको किसान बताउँछन् । जिल्लामा लागेको डढेलो निभाउन नसकिँदा सयौँ हेक्टर जमिन तथा त्यहाँ उम्रिएका जडीबुटी नोक्सान भइरहेको बेला एकाएक परेको पानीले आगो नियन्त्रणमा आउन निकै सहज भएको डिभिजनल वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारीले जानकारी दिनुभयो ।(रासस)
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com