ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 अझै रोकिएन बालबालिकालाई पत्रु खाजा वितरण


एबीसी / संवाददाता

भजनी, ६ वैशाख:
स्वास्थ्यका दृष्टिकोणले बालबालिकालाई पत्रु खाजा दिन प्रतिबन्ध लगाइएतापनि यस्को न्यूनीकरण हुन सकेको छैन । दिवा खाजाका लागि उपलब्ध भएको रकमले बालबालिकालाई पकाएर खाजा खुवाउनुपर्ने व्यवस्थापन गरिएको छ । विद्यालयले भने बालबालिकालाई अझै पत्रु खाजा नै वितरण गर्दै आएका छन् ।
सरकारले बालविकासदेखि कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजाका लागि सामुदायिक विद्यालयलाई वार्षिक आर्थिक सहयोग गर्दै आएको छ । भजनी नगरपालिकामा ३९ सामुदायिक विद्यालय छन् । सबै विद्यालयमा बालबालिकाको दिवा खाजाका लागि पैसा आउने गरेको भए पनि केही विद्यालयले पकाउने साधनस्रोतको अभाव देखाउँदै पत्रु खाजा नै वितरण गर्ने गरेको नगरपालिकाका शिक्षाशाखा प्रमुख सूर्यबहादुर सिंहले जानकारी दिनुभयो ।
“कोरोनाका कारण सबै विद्यालयमा व्यवस्थापन र समन्वयको अभावले पनि दिवा खाजा कार्यक्रमलाई प्रभाकारी बनाउन सकिएको छैन”, उहाँले भन्नुभयो, “सरकारले पनि खाजाका लागि पैसा पठाउने गरेको छ । पकाउन चाहिने अन्य साधनस्रोतको व्यवस्थापन हुन नसक्दा पनि सबै विद्यालयले पकाएको खाजा खुवाउन सकेका छैनन ।” प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँका दरले पैसा आउने गरेको छ ।  शिक्षा शाखा प्रमुख सिंहले निर्देशिका अनुसार दिवा खाजाको व्यवस्थापन गर्ने भनेर ‘मेन्यु’ नै तयार पारेको जनाउँदै सबै विद्यालयमा यस वर्ष पत्रु खाजाको व्यवस्थापन नभएको पाइएको बताउनुभयो ।
जानकी गाउँपालिकाका केही विद्यालयले खाजाका आगि आएको रकम अभिभावकलाई वितरण गर्ने गरेको पाइएको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मानन्द कपडीले केही विद्यालयले आफैँ पकाएर बालबालिकालाई दिवा खाजा दिने गरेको जनाउँदै केही विद्यालयले बालबालिकाका अभिभावकलाई विद्यालयमा बालबालिकाको हाजिरीका आधारमा रकम उपलब्ध गराउने र घरबाट खाजाको व्यवस्थापन भइरहेको जानकारी दिनुभयो । “विद्यालयले बालबालिकाको अभिभावकलाई रकम उपलब्ध गराउछ र बालबालिकाले घरबाटै खाजा बोकेर ल्याउने गरेका छन्”, उहाँले भन्नुभयो, “केही विद्यालयले भने आफँै बालबालिकाको दिवा खाजाको व्यवस्थापन गर्दै आउनुभएको छ । सजिलो र खानामा पत्रु खाजा मीठो हुने भएकाले अभिभावकले पनि बढी पत्रु खाजाकै प्रयोग गर्दै आएको पाइएको छ ।”
अभिभावकले पनि बालबालिकालाई पकाएको खानेकुराभन्दा त्यही पत्रु खाजा किनेर दिने गरेका छन् । उहाँले अभिभावक पनि आफ्नो बालबालिकाप्रति गम्भीर नभएको जनाउँदै सजिलोको हिसाबले बालबालिकालाई पत्रु खाजा नै दिएर पठाउने गरेको भए पनि यसको न्यूनीकरणका अनुगमन भने गर्न नसकिएको बताउनुभयो ।
टीकापुर नगरपालिकामा भने बालबालिकालाई पत्रु खाजा नदिइएको शिक्षा शाखा अधिकृत नरेश अवस्थीले जानकारी दिनुभएको छ । उहाँले नगरपालिकाभित्र रहेका ३४  विद्यालयमा पत्रु खाजाको प्रयोग नभएको जनाउँदै त्यस्तो गरेको पाइएमा विद्यालयलाई कारवाही गरिने बताउनुभयो । “बालबालिकाको स्वास्थ्यमा हामी सबै जिम्मेवार छौँ । सरकारको निर्देशिका अनुसार अगाडि बढेका छाँै”, उहाँले भन्नुभयो, “महीनाको एकपटक सबै विद्यालयमा हामीले छड्के अनुगमन गर्ने गरेका छौँ ।”
लम्की चुहा नगरपालिकामा भने बालबालिकाको हाजिरीका आधारमा अभिभावकलाई पैसा उपलब्ध गराउँदै आएको नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले बताउनुभयो । “आफ्नो बालबालिका प्रतिअभिभावक बढी जिम्मेवार होलान् भनेर पैसा दिने गरेका छौँ”, उहाँले भन्नुभयो, “यसको अनुगमन भइरहेको छ । त्यो उपाय पनि सफल भएन भने अर्को विकल्पमा जान्छाँै । जसरी पनि बालबालिकालाई पत्रु खाजाको पहुँचबाट टाढा गर्ने हाम्रो लक्ष्य छ ।”
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा गुणराज अवस्थीले पत्रु खाजाले बालबालिकालाई मात्रै नभई जुनसुकै उमेरकालाई पनि राम्रो नगर्ने जानकारी दिनुभयो । उहाँले पत्रु खाजाले कुपोषण बढाउनुका साथै मानिसको आयु पनि घट्दै जाने बताउनुभयो । “पत्रु खाजा स्वास्थ्यका हिसाबले निकै हानिकारक हुन्छ । त्यसमा मानिसको शरीरलाई चाहिले फुड पिरामिड पनि हुँदैन”, उहाँले भन्नुभयो, “स्वादमा मीठो भए पनि त्यस्मा कुनै पौष्टिक तत्व रहेको हुँदैन । सरकारले गरेको लगानीलाई विद्यालय तथा अभिभावकले जिम्मेवारका साथ कसैको स्वास्थ्यमा खेलबाड नगरी निभाउन सक्नुपर्छ ।”(रासस)
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com