ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 विद्यालयलाई जुट्यो ५० लाख सहयोग


एबीसी / संवाददाता

बागलुङ, ६ वैशाख :
गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयले थालेको ‘जनहित शैक्षिक सहयोग (कोषवृद्धि)’ अभियानमार्फत रु ५० लाख सङ्कलन भएको छ । अभियानमा हालसम्म ३०० भन्दा बढी दाता जोडिएको विद्यालयले जनाएको छ ।

विद्यालयको शैक्षिक÷भौतिक सुधारका लागि आर्थिक स्थिति मजबुत बनाउन गत वर्षदेखि सहयोग अभियान चलाइएको थियो । देश विदेशमा रहेका विद्यालयका पूर्वविद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, समाजसेवी, शिक्षाप्रेमीलगायतले आर्थिक सहयोग गरेको अभियानका संयोजक राज थापाले बताउनुभयो ।

संयोजक थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाले संयुक्तरुपमा रु आठ लाख प्रदान गरी अभियानको शुभारम्भ गर्नुभएको थियो । कोरोना भाइरस महामारीले गत वर्ष अभियान प्रभावित भए पनि स्थिति केही सहज भएपछि पुनः अभियान अगाडि बढाइएको थियो । “एक करोडको कोष बनाउने लक्ष्य छ, अभियान अर्को वर्षसम्म निरन्तर चल्छ”, संयोजक थापाले भन्नुभयो । विद्यालयले गत वर्षदेखि कक्षा ११ सञ्चालनमा ल्याएको थियो । कक्षा १२ सञ्चालन अनुमतिका लागि प्रक्रिया थालिएको छ । कक्षा ११ र १२ नियमित सञ्चालनका लागि आवश्यक पूर्वाधार तयारीका काममा समेत कोषबाट आउने ब्याज रकम खर्च गरिने भएको छ ।

कोषवृद्धि अभियानमा जोडिएर सहयोग गर्ने दातालाई नयाँ वर्षको अवसरमा विद्यालयले सम्मानसमेत गरेको थियो । रु ५० हजारभन्दा माथि सहयोग गर्ने २४ दातालाई नौमती बाजासहित ताम्दानीमा राखेर समारोहस्थलमा सयर गराइएको थियो । विद्यालयलाई सहयोग गरेका मनकारी दाता उक्त सम्मान पाएपछि खुशी देखिन्थे । आफूले गरेको सहयोग विद्यालयको स्तरवृद्धि र शैक्षिक सुधारका क्षेत्रमा खर्च होस् भन्ने चाहना दाताको छ । समुदायस्तरबाट विद्यालयको विकासका लागि स्वतःस्फूर्तरूपमा सहयोग जुटेकामा धेरैले अभियानको प्रशंसा गरेका थिए ।

बालबालिकालाई प्रविधिमैत्री गुणस्तरीय शिक्षाको अवसर दिलाउन विद्यालयले योजना बनाएर काम थालेको विद्यालयका प्रधानाध्यापक देवबहादुर खत्रीले बताउनुभयो । प्रयोगशाला, विद्युतीय पुस्तकालय, शैक्षिक सामग्री, उपकरण, शिक्षण सिकाइ, क्षमता अभिववृद्धिलगायतका क्षेत्रमा कोषलाई परिचालन गरिने उहाँको भनाइ छ ।

हाल कक्षा ५ सम्म रहेको अङ्ग्रेजी माध्यमलाई कक्षा १० सम्म पु¥याउने विद्यालयको लक्ष्य छ । विसं २०२१ मा खुलेको विद्यालयले भौतिक सुधारतर्फ पनि विस्तारै फड्को मार्दैछ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा यही वर्ष चार कोठे भवन बनेको छ । जनश्रमदान र निजी स्रोतबाट गत वर्ष चार कोठे भवन बनाइएको थियो ।

अङ्ग्रेजी माध्यमसहित गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि विद्यालयले पहल थालेपछि विद्यार्थीको आकर्षण पनि बढ्न थालेको छ । दाताको सम्मानसहित सोही समारोहमा विद्यालयले नेपाली सङ्गीत जगतमा योगदान पु¥याएका आफ्ना पूर्वविद्यार्थीलाई समेत सम्मान गरेको विव्यस अध्यक्ष थापाले जानकारी दिनुभयो ।

सम्मानित हुनेमा लोकगायक÷कलाकार विष्णु खत्री, वसन्त थापा, दुर्गेश थापा, आशिष अविरल, कर्ण विद्रोही, ईश्वर सिंह, राम खत्री र जीवन साहनी हुनुहुन्छ । समारोहमा अतिथि कलाकारका रुपमा अभिनेता पल शाह, गायिका समीक्षा अधिकारीलगायत सम्मानित भएका थिए । (रासस)
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com