ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलाहरु ब्यावसायिक तरकारी खेतीतर्फ आर्कषित (भिडियोसहित)


भुवन रायमाझी

पाल्पा, ६ बैशाख । पाल्पा रैनादेवी छहरा गाउँ पालिका ४ अमलाबासका महिलाहरु ब्यावसायीक तरकारी खेतिबाट मनग्य आम्दानी गरिरहेका छन् । उनीहरुको बारी अहिले काउली सिमि र आलुका बोटले ढाकेको छ । बिहान देखी साँझसम्म घरयासी कामसगै ब्यावसायीक तरकारी खेती बाट बार्षिक एक डेढ लाख रुपैया कमाउन गाह्रो नभएको महिलाहरु बताउछन ।

महिलाहरु बारी उत्पादन भएको तरकारी आफैले डोकोमा राखेर बेच्न लाने गर्छन् । उनीहरुलाई यो सफलता पाउन गाउँमा गठन भएको महिला समुहले सिकाएको हो । आजभोली महिलाहरु तरकारी खेती बाट राम्रो आम्दानी गर्न सफल हुनुका साथै तरकारी पेसाबाट नै आत्मनिर्भर बन्दै जानुका साथै घरयासी तरकारी बजारसम्म लान थालेको सुन्तलाबास गाउकी सरसती पोखरेलको भनाई छ ।

पाल्पाको पश्चिम भेग रैनादेवी छहरा गाउँपालिकाभित्रका मुझुङ सोमादी छहरा र भुवनपोखरी लगायतका वडाहरुबाट नै लाखौ रुपैयाको तरकारी बजार जाने गरेको छ । महिलाहरुले गाउँमै समुह गठन गरि थोरै थोरै बचत गर्ने बानिको बिकास गरि सोही समुहबाट ऋण लिएर ब्यावसायीक तरकारी खेती र फलफुलबाट आम्दानी गरेका छन ।

आफुहरु यो पेसामा आबद्ध भए देखि सानोतिनो काममा श्रीमानसंग पैसा माग्न नपरेको सोही गाउकी साबित्रा कँडेलको भनाई छ । महिला किसानहरु कम लगानी सजीलो र सरल तरीकाबाट साझ बिहानको मिहनेतले मात्र तरकारी खेती गर्न सकिने भएकोले यो खेतीतिर आर्कषित भएका हेन । पाल्पाको रिब्दीकोटको मैनादी,फेक रैनादेवी छहराको मुझुङ सोमादी सल्लेधारा मगाल लगाएतका स्थानमा ब्यावसायकि तरकारी खेति गर्ने किसान बढेका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com