ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगोले पोलिएका १७१ को निःशुल्क शल्यक्रिया


एबीसी / संवाददाता

टीकापुर, ६ वैशाख  :
टीकापुरमा आगोले पोलिएका १७१ को निःशुल्क शल्यक्रिया गरिएको छ । बर्न इन्ज्युरी (आगोले पोलेको) बाट पीडित बिरामीको उपचार स्थानीयस्तरमै गर्नका लागि टीकापुर अस्पतालमा भएको चार दिने निःशुल्क शिविरमा १७१ को शल्यक्रिया भएको हो ।

शिविरमा आगोले पोलिएर प्राथमिक उपचार नपाएकै कारण विभिन्न समस्या भएका ७०७ ले उपचार सेवा लिएका छन् । जटिल समस्या भएका १७७ लाई थप उपचारका लागि काठमाडौँको सुष्मा कोइराला मेमोरियल अस्पताल रेफर गरिएको छ । शिविरमा पहिचान भएका यी बिरामीको शल्यक्रिया निःशुल्क गरिने सुष्मा कोइराला मेमोरियल अस्पतालका प्लाष्टिक सर्जन डा सन्तोष भण्डारीले जानकारी दिनुभयो । कैलालीको टीकापुरमा पहिलोपटक सर्जनसम्बन्धी समस्या भएका बिरामीको उपचारका लागि शिविर आयोजना भएको हो ।

“बिरामी धेरै आए । हामीले बिहान ८ बजेदेखि राति अबेरसम्म सेवा दियौँ, आगलागी भएर प्राथमिक उपचारसम्म नपाएर नसा खुम्चिएका, घाउ भएकाजस्ता समस्या भएका बिरामी शिविरमा आए”, डा भण्डारीले भन्नु्भयो, “टीकापुर अस्पतालमा सम्भव भएका बिरामीको शल्यक्रिया यहीँ ग¥यौँ, केही दिन निगरानीमा बस्नुपर्ने, लामो उपचार लिनुपर्नेलाई सुष्मा कोइराला अस्पतालमा आउन भनेका छौँ ।” टीकापुर नगरपालिका र जानकी गाउँपालिका, टीकापुर अस्पतालको आयोजना र टीकापुर सरोकार समूहको साझेदारीमा शिविर आयोजना भएको हो । शिविरमा काठमाडौँको सुष्मा कोइराला मेमोरियल अस्पतालका विशेषज्ञसहित १६ जनाको स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको हो ।

टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावल आगोले पोलिएका दूरदराजका मानिसलाई सेवा दिने उद्देश्यले शिविर सञ्चालन भएको बताउनुभयो । नगर प्रमुख रावलले आउँदा दिनमा आगोले पोलिएर उपचार गर्न समस्या भएका नागरिकलाई निःशुल्क उपचारका लागि उपचार सहयोग गर्नेजस्ता कार्य शुरु गर्ने आश्वासन दिनुभयो । “हामीले अब आगोले पोलिएका मानिसको उपचारमा स्थानीय तहले आर्थिक सहायता दिने कार्यक्रम ल्याउने भएका छौँ”, उहाँले भन्नुभयो, “पहिलोपटक शिविर आयोजना भएकाले बिरामी धेरै आए । अब यस्तो शिविर वर्षमा दुई पटकसम्म गर्नुपर्छ भन्ने बुझेका छौँ ।”

टीकापुरमा स्वास्थ्य शिविर ल्याउन पहल गर्ने सुष्मा कोइराला मेमोरियल अस्पतालका सल्लाहकार डा खगेन्द्र भण्डारीले विश्वमा पोलिएकै कारण १८ लाख मानिसको मृत्यु हुने गरेको र नेपालमा प्रत्येक वर्ष ५५ हजार ९०२ मानिसमा बर्न इन्ज्युरीको समस्या रहेको बताउनुभयो । नेपालमा दुई हजार १०० मानिसको पोलिएर ज्यान जाने गरेको तथ्याङ्क छ । यो उपचार खर्चिलो भएकाले आफूहरु उपचारमा सहयोग होस् भनी टीकापुर आएको उहाँले बताउनुभयो । शिविरमा आगोले पोलेर शरीरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने, आगोले पोलेर कपाल गुमाएका, आगोले पोलेर वा जन्मजात हातका औँला टाँसिएका, हात वा खुट्टामा जन्मजात पाँचभन्दा बढी औँला टाँसिएका, जन्मजात ओठ र तालु फाटेका, माशंपेशी खुम्चिएर शरीरको कुनै भाग चलाउन नमिल्ने, विष्फोटनमा परी शरीरको कुनै भागको शल्यक्रिया गराउनुपर्ने अवस्था भएका बिरामीको उपचार भएको छ ।

शिविरमा खुट्टाको पैताला भित्रतिर फर्किएको, हात वा खुट्टा काट्टिएको ठाउँमा पाकेर, नचलेर वा अन्य कुनै कारणले पुनः शल्यक्रिया गर्नुपरेमा, कान तथा चिरिएको उपचार, शरीरमा मासु, कोठी, दाग तथा गाँठाको शल्यक्रिया तथा क्यान्सरसम्बन्धी शल्यक्रिया, बिरामीमा खाँटे घाउ भएका बिरामीले समेत उपचार सेवा लिएका छन् । टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपकबहादुर रावलले अस्पतालले यस्ता खाले समस्या भएका बिरामीको उपचारका लागि केयर युनिट सञ्चालन गर्ने सोच बनाएको बताउनुभयो । “हामी स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गरेर आगोले पोलिएका मानिसको तत्काल उपचारका लागि केयर युनिट सञ्चालन गर्ने योजनामा छौँ”, अध्यक्ष रावलले भन्नुभयो, “शिविरमा सुदूरपश्चिमका पहाडी जिल्लाका मानिससमेत आए । यसले स्थानीय तहलाई कस्ता खाले उपचार सेवा दिन आवश्यक छ भन्ने सुझावसमेत दिएको छ ।”(रासस)
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com