ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 वन्यजन्तु संरक्षणका लागि सन्देश प्रवाह


एबीसी / संवाददाता
बैशाख ५, २०७८ आईतबार  १ : १९ बजे
 वाग्मती, ५ वैशाख :
 वन्यजन्तु संरक्षणका लागि सन्देश प्रवाह गर्न वाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको वन विज्ञान अध्ययन संस्थानमा वन विज्ञान विषय अध्ययनरत विद्यार्थीले जनचेतनामूलक अभियान थालेका छन् ।
वन्यजन्तु संरक्षणमा सबै क्षेत्रको सहयोगको अपेक्षा गरिएको जनाउँदै मानिसमा सकारात्मक सोचको वृद्धि गर्न संरक्षणमा टेवा पु¥याउने उद्देश्यले यस्तो जनचेतनामूलक अभियान थालिएको विद्यार्थी सुजन खतिवडाले बताउनुभयो ।
अभियानअन्तर्गत सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, वन्यजन्तु गणना तालीम, वन्यजन्तुसम्बन्धी जानकारी, फोटो प्रदर्शनी र वन्यजन्तुको खानेपानी मुहान संरक्षणलगायत विविध कार्यक्रम रहेको अर्का विद्यार्थी दीपराज भुसालले जानकारी दिनुभयो ।
विद्यार्थीले वन्यजन्तु संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले वन्यजन्तु सप्ताह मनाइरहेका छन् । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विद्यार्थीले यस अगावै  संस्थानदेखि बुद्धचोकसम्म विभिन्न सन्देशमूलक प्लेकार्डसहित प्रदर्शन गरिसकेका छन् । विद्यार्थीले आफ्नो अनुहारमा विभिन्न वन्यजन्तुको चित्रसमेत बनाएर सन्देशमूलक कार्यक्रम गरिसकेका छन् । संस्थानमा हाल वन विज्ञान विषयमा करीब ७०० विद्यार्थी अध्ययनरत छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com