काठमाडौँ ५बैशाख:— तीव्र रूपमा बढिरहेको कोरोना संक्रमणले बालबालिका बढी प्रभावित भएका छन । दिनहुँजसो विद्यार्र्थी संक्रमित हुने क्रम बढे पनि विद्यालयमा भौतिक पढाइ बन्द गरिएको छैन । स्वास्थ्य सुरक्षाबिनै विद्यालय सञ्चालन भइरहेकाले पनि बालबालिका बढी जोखिममा रहेका छन् । विद्यालयहरूले स्वास्थ्य मापदण्ड अपनाएको दाबी गरे पनि सहरी क्षेत्रका बालबालिकामा संक्रमण बढ्दो छ ।
पछिल््लो २४ घण्टामा देशभर ८९ बालबालिका संक्रमित भएका छन जसमा ९ वर्षसम्मका १७ जना र १०–१९ वर्षका ७२ जना रहेका छन् । दिन दिन बढ्दै गएको जोखिमलाइ मध्नजर गर्दै बिद्यालयहरुले विद्यार्थीको स्वास्थ्यको ख्याल गर्नु पर्ने देखिन्छ । तर सबै बिद्यालयहरुको यस बिषयमा एकरुपता भने देखिएको छैन । कसैले बन्द गर्ने भने पनि कतिले स्वास्थ्य मापदन्ड अपनाएर खोल्ने भनिरहेका छन यस्तो अवस्थामा सरकारी निकायबाटनै यौटा नीति बनाएर केही समयको लागि शिक्षण संस्थाहरु बन्दगर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्