ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 म्याग्दीमा फस्टाउँदै कौसीखेती


एबीसी / संवाददाता

गलेश्वर, ४ वैशाख:
 म्याग्दीको सदरमुकाम बेनीबजारका गृहिणी पछिल्लो समय कौसीखेतीतर्फ आकर्षित भएका छन् ।
समय कटाउन पनि सजिलो, आफैँले घरकै छतमा फलाएका ताजा तरकारी पनि खान पाइने, पैसाको पनि बचत हुने, घरको सुन्दरता पनि थपिने र बाहिर निस्कन नपर्दा सङ्क्रमणबाट पनि जोगिने भएकाले यहाँका गृहिणी कौसीखेतीतर्फ रमाउन थालेका  हुन् ।
बेनी नगरपालिका– ७ र ८ मा पर्ने बेनीबजारमा एक हजार २०० भन्दाबढी घर छन् । तीमध्ये अधिकांश घरमा कौसीखेती गरिएको छ । अर्गानिक र विषादीरहित तरकारी खान पाइने, पैसाको बचत हुने र घरमा नै बसेर तरकारीको स्याहार गर्दा कोरोना सङ्क्रमणको जोखिम पनि कम हुने भएकाले कौसीखेती उपयोगी भएको बेनी नगरपालिका– ७ वीरेन्द्रचोककी सिर्जना भट्टचनले बताउनुभयो ।
उहाँ जस्तै बजारका ५० जना महिला र पुरुषले कौसीखेतीसम्बन्धी तालीम नै लिएर यो खेती शुरु गरेका हुन् । आफ्नो वडामा कौसीखेतीतर्फ गृहिणीको आकर्षण देखेर बेनी  ७ ले दुई साताअघि कौसीखेतीसम्बन्धी तालीम नै सञ्चालन गरेको थियो ।
भान्छाबाट उत्पन्न फोहर व्यवस्थापन गरी सानो परिवारका लागि घरको छतमा गमलामा तरकारी तथा फलफूल रोपेर गरिने खेतीलाई व्यवस्थित गर्न वडा कार्यालयले उपभोक्तासँग साझेदारीमा तालीम तथा आवश्यक साम्रगी खरीद गरी कौसीखेतीलाई व्यवस्थित गरेको बेनी नगरपालिका– ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले गमला, प्लाष्टिकका भाँडा, ड्रम तथा बास्केट लगायतमा माटो र मलखाद राखेर कौसीमा खेती गर्न सकिने भएपछि कौसीमा सानो क्षेत्रमा पनि घरपरिवारले तरकारी उत्पादन गर्न सक्ने प्रतिक्रिया दिनुभयो ।
तालीममा जैविक तरकारखेतीको आवश्यकता, माटोको तयारी, बाली छनोट, बेर्ना उत्पादन, बेर्ना सार्ने प्रक्रिया, मलखाद व्यवस्थापन, सम्भावित रोग र निदानका उपाय र बाली भित्र्याउने प्रक्रिया सिकाइएको थियो ।
वडा कार्यालयको वार्षिक बजेटअन्तर्गत उक्त तालीम सञ्चालन गरिएको थियो । तालीममा स्थानीय जातका तरकारी लगाउन प्रोत्साहन गरिने र (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com