ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 करदाता शिक्षा बढाउन सडक नाटक


एबीसी / संवाददाता

 काठमाडौँ, ४ वैशाख
काठमाडौँ महानगरपालिकाले करदाता शिक्षा बढाउन सडक नाटक शुरु गरेको छ । कामपा राजश्व विभाग र सुर्पेटो मिडियासँगको सहकार्यमा ‘आनासुकी घरबेटी बा’ शीर्षकमा सडक नाटक प्रदर्शन शुरु गरेको हो ।
विभागका प्रमुख डा शिवराज अधिकारीका अनुसार कर तिर्नु नागरिक दायित्व हो भनेर करदातालाई सचेत गराउन पहिलो चरणमा महानगरका १० स्थान सडक नाटक प्रदर्शन गर्न लागिएको हो ।  शुरुआतमा हनुमानढोका, कालभैरव पछाडिको डबली, कालीमाटी, कलङ्की, चावहिल, गौशाला, नयाँबानेश्वरलगायत विभिन्न १० स्थानमा नाटक प्रदर्शन हुनेछ ।
विभागले कोरोना महामारीको समयमा दबाब दिएरभन्दा दायित्व बोध गराएर राजश्व असुली गर्नका लागि यस किसिमको अभियान शुरु गरिएको जनाएको छ । नाटक करीब २० मिनेटको हुनेछ । घरधनीलाई बहाल नतिरी भाग्ने भाडावाललाई खोजेर भाडा असुल्न हिँडेको घरधनी आफूले कामपालाई कर नतिरेका कारण आफैँ कानूनको परिबन्दमा परेको कथा नाटकमा देखाइएको छ । कर केही समय छल्न सकिन्छ तर कुनै न कुनै दिन कानूनको फन्दामा परिन्छ । कानूनी कारवाहीमा पर्ने त्यो समय आउनुअघि थोरै थोरै कर तिर्दै गए सम्मानजनक जीवन बाँच्न सकिने नाटकले देखाउन खोजेको सन्देश हो ।
कृष्णजीत राईले लेख्नुभएको नाटक रीता थापाले निर्देशन गर्नुभएको छ । नाटकमा सुरज विष्ट लोभी घरबेटी बा, जीवन थापा असल छिमेकी, मञ्जु गिरी वडा कार्यालयको कर्मचारी, कञ्चन सापकोटाले भाडावालको भूमिकामा अभिनय गर्नुभएको छ ।
कामपाले चालु आर्थिक वर्षमा व्यवसाय करमा २० र होटेल, मनोरञ्जनसँगै पर्यटनसँग सम्बन्धित क्षेत्रलाई ५० प्रतिशत छुट दिएको छ । भाडावाललाई कोभिडका समयमा एक महिनाको बहाल छुट दिने घरधनीलाई महानगरले बहाल करमा पनि छुट दिएको छ । कामपाले गत असोज १ देखि १० वटा वडाबाट राजश्व निर्धारण तथा सङ्कलन कार्यलाई अनलाइन प्रणालीमा समेत लगेको छ ।
आर्थिक प्रणालीलाई पारदर्शी बनाएपछि स्थानीयवासीले महानगरको सुशासनमा विश्वास बढ्ने भन्दै अहिले कामपाले ३२ वटै वडामा अनलाइनको माध्यमबाट कर असुली गरिरहेको छ । यस प्रणालीले करदाताको अभिलेखीकरण र राजश्व प्रक्षेपण योजनामा ठूलो सघाउ पुग्ने विश्वास कामपाको रहेको छ  । (रासस)
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com