ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणितसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थी छनोट


admin
असार २५, २०७४ आईतबार  ७ : ०१ बजे

काठमाडौँ, २५ असार । अन्तर्राष्ट्रिय गणित प्रतियोगितामा प्रतिस्पर्धीका रुपमा नेपालका छ विद्यार्थी पहिलोपटक छनोट भएका छन् ।

विश्वका १२५ मुलुकका २० वर्ष उमेर नपुगेका विश्वविद्यालयभन्दा तल्लो तहका गणितका विद्यार्थीले भाग लिने सो प्रतियोगितामा नेपालको राष्ट्रिय प्रतियोगिताबाट ती विद्यार्थी छानिएका हुन् ।

छनोट हुनेमा सेन्ट जेभियर्सका विवेक पन्थी अर्घाखाँची र विवेक पन्थी गुल्मी, काठमाडु मोडेल कलेजका प्रवीण महतो सिरहा र प्रशन्न श्रेष्ठ काठमाडौँ, सौर्य इन्टरनेसनल कलेजका अजय पोखरेल काठमाडौँ तथा रातो बङ्गलाका अवनिश खनाल काठमाडौँ रहेका छन् ।

ब्राजिलको रियो दि जेनेरियोमा आगामी जुलाई १३ देखि २३ सम्म हुने सो प्रतियोगितामा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा भद्रमान तुलाधरले पर्यवेक्षकका रुपमा नेपालको नेतृत्व गर्दै हुनुहुन्छ ।

डा तुलाधरसहितको टोली राष्ट्रिय प्रतियोगिताका लागि प्रश्नपत्र तयार गरेको थियो । विश्वस्तरमा यो प्रतियोगिता सुरु भएको ५९ वर्ष भए पनि नेपालका विद्यार्थीले हालसम्म सहभागी हुने मौका पाएका थिएनन् ।

गणित ओलम्पियाड नेपालले गत वर्ष नेपालका ४० जिल्लामा गरेको जिल्लास्तर र राष्ट्रियस्तरको सामुदायिक र निजी विद्यालयका विद्यार्थीबीचको तालिम र प्रतियोगिताबाट ती छ जना विद्यार्थी उत्कृष्ट हुन सफल भएको सो संस्थाका अध्यक्ष दीपक बास्तोलाले जानकारी दिनुभयो ।

प्रत्येक जिल्लाबाट १०÷१० जना प्रतियोगी छानिएको र तीमध्येबाट उत्कृष्ट छनोट गरिएको हो । यसमा प्रत्येक १०० मिटेनमा वस्तुगत, विषयगत, श्रव्यदृष्यका आधारमा प्रश्न गरी विद्यार्थीको क्षमता जाँच गरिन्छ ।

अध्यक्ष बास्तोलाले मुलुकभित्रका प्रतियोगितामा औपचारिक पत्राचार गरेर साथ दिए पनि राज्यले उचित चासो नदिँदा नेपालले विश्वस्तरका गणितका विषयमा आफूसँग भएको क्षमता प्रदर्शन गर्न नपाएको गुनासो गर्नुभयो ।

उहाँले गणितलाई निराश र अव्यवहारिक तथा कठिन विषय भनी हाउगुजी गराइएका कारण धेरै विद्यार्थी यस विषयमा असफल हुने गरेको टिप्पणी गर्नुभयो ।

प्राडा तुलाधर भन्नहुन्छ, “मैले विषयगतरुपमा गणितसम्बन्धी धेरै सम्मेलनमा भाग लिएँ, अन्तर्राष्ट्रय र क्षेत्रीय संयन्त्रमा पनि बसेको छु तर अन्तर्राष्ट्रिय ओलम्पियाडमा नेपाली विद्यार्थी सहभागी गराउने धोको बाँकी थियो, त्यो यस वर्ष पूरा हुने भयो ।”

गणित ओलम्पियाड नेपालका पूर्वअध्यक्ष सर्जन बिसीले यस्ता प्रतियोगिताले गणित विषयका शिक्षक र विद्यार्थीको स्तर माथि उठ्नाका साथै मुलुककै गौरव बढ्ने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com