ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइपिएलको चौथो खेलमा सर्वाधिक रन- २२१ : २१७, पञ्जाबसँग राजस्थान ४ रनले पराजित


एबीसी / संवाददाता
चैत्र ३१, २०७७ मंगलबार  १० : १४ बजे

काठमाडौं ३१ चैत । आइपिएलको यस संस्करणको चौथो खेलमा गए रात िरनको वर्षा भएको रोमाञ्चक खेलमा पञ्जाबले राजस्थानलाई ४ रनले पराजित गरेको हो ।पञ्जावले टस हारेर व्यटिंगको निम्तो पाएको थियो । उसले २२१ को विशाल स्कोर बनाएको थियो । जबाफमा राजस्थान रोयस्लका सन्जु साम्सनले इन्डियन प्रिमियर लिग (आईपीएल) को कप्तानी डेब्युमा कीर्तिमानी शतक प्रहार गरे पनि पञ्जाब किंग्ससँग पराजित हुन बाध्य हुनु पर्यो ।

१४औं संस्करणमा कप्तानी गरिरहेका सामसनले ११९ रन बनाएका थिए । सामसन आईपीएलमा कप्तानी डेब्युमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने ।

जितका लागि राजस्थानलाई अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा सामसनले ठूलो सट प्रहार गर्दा क्याचआउट भए । त्यसअघिको बलमा उनले क्रिस मोरिस दोडिसकेको अवस्थामा समेत एक रन लिएका थिएनन् ।

मुम्बईस्थित वाङखडे स्टेडियममा पञ्जाबले दिएको २२२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनायो । सन्जु सामसनले ६३ बल खेल्दै १२ चौका र ७ छक्का सहयोगमा ११९ रन बनाए । जोस बटलर र रियान परागले बराबर २५ र शिभव दुवेले २३ रन जोडेका थिए ।

पञ्जाबका लागि अर्शदीप सिंहले ३ र मोहम्द शामीले २ विकेट लिए । यस्तै पहिलो पटक आईपीएल खेलिरहेका झ्ये रिचर्डसन र रिले मेरेडिथले १, १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले कप्तान के एल राहुल र दीपक हुडाको आक्रामक व्याटिङ मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२१ रन बनाएको थियो ।

विकेटकिपर समेत रहेका राहुलले ५० बल खेल्दै ७ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ९१ रन बनाएका थिए । हुडाले २८ बल खेल्दै ४ चौका र ६ छक्का मद्दतमा ६४ रन बनाए ।

यस्तै क्रिस गेलले २८ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४० रन बनाए ।

बलिङमा राजस्थानका डेब्युटान्ट चेतन शाकारियाले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । यस्तै क्रिस मोरिसले २ र रियान परागले १ विकेट लिए ।शकारिया र पराग पहिलो पटक खेलेका नयां खेलाडी हुन् । दुवैले पहिलो खेलमा नै १, १ विकेट लिएका थिए । यस सिजनको आइपिलका सर्वाधिक महंगा खेलाडी क्रिस मोरिस राजस्थान रोयल्सको टिममा छन् । उनको मूल्य १६.२२ करोड भारु रहेको छ । उनलाई मनी व्याग समेत भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

सिरहामा गोली प्रहार गरी युवकको हत्या

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

अमेरिकामा जाने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com