ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाले फेरिदियो जिन्दगीको बाटो


एबीसी / संवाददाता
चैत्र ३१, २०७७ मंगलबार  ९ : १८ बजे

 

गलेश्वर, ३१ चैत  :  काठमाडौँमा होटल व्यवसाय गरी बस्नुभएका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर थापा सपरिवार गाउँमा फर्किएर केराखेती र कुखुरापालन गर्न लागेको ठीक एक वर्ष भयो । जीवनको उर्वर समय मलेशिया र विभिन्न खाडी मुलुकमा बिताउनुभएका ज्यामरुककोट सानालेखका धु्रव थापा गत वर्षदेखि गाउँमै तरकारी खेती गरेर बस्नुभएको छ ।

जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीका धनबहादुर छन्त्याल विश्वव्यापीरूपमा कोरोना महामारी शुरु भएपछि कतारस्थित कार्यरत कम्पनी बन्द हुँदा गाउँ फर्केर फलफूल खेती र पशुपालनमा जम्नुभएको छ । त्यसैगरी मङ्गला गाउँपालिकाको अर्मनका सुरेश सापकोटा, मालिकाको देवीस्थानका जसबहादुर फगामी, रघुगङ्गाका सागर भण्डारी, अन्नपूर्ण गाउँपालिकाको शिखका टेकबहादुर बुद्धुजालगायत जिल्लाका तीसभन्दा बढी युवाले विदेश र शहरको बसाइँलाई बिट मारेर गाउँमा फर्किएका मात्रै होइनन्, कृषि र उद्योगजन्य व्यवसाय गरेर गाउँमा पनि पैसा कमाउन सकिन्छ भन्ने गतिलो सन्देश दिएका छन् ।

विदेश र शहरबाट गाउँमा फर्केर कृषिकर्ममा लागेका युवाले उत्पादन गरेका तरकारी र पशुपक्षी रैथाने किसानले उत्पादन गरेका कृषि उपज तथा पशुभन्दा उन्नत र फरक हुने गरेको यस क्षेत्रका व्यापारीले बताएका छन् । शहर र विदेशमा सिकेको सीप एवं प्रविधिको प्रयोग गरी गाउँमा कृषिकर्म गरेका युवा नयाँ उत्साहका साथ लागेको आफूले पाएको मङ्गला गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो ।

धान फल्ने १६ रोपनी खेतमा मालभोग र रानीजातका केराखेती गर्नुभएका दुर्गाबहादुरले कोरिया र काठमाडौँको रोजगारी र व्यवसायभन्दा आफ्नै गाउँको माटोमा गरिएको व्यवसायले बढी आनन्द दिएको बताउनुभयो । “पैसाको खोजीमा कहाँकहाँ भौतारिइयो, तर कतै पनि सन्तुष्ट हुन सकिएन”, ५२ वर्षीय थापाले भन्नुभयो, “तर पैसाको सुगन्ध त आफ्नै माटोमा पो पाइँदोरहेछ ।” उहाँ १४ वर्ष कोरियामा पोखेको पसिनाको मूल्यभन्दा गाउँमै गरेको श्रमको प्रतिफल निकै मीठो भएको बताउनुहुन्छ ।

थापाले जस्तै विदेश र शहर बसेर गाउँ फर्किएका धेरै युवाले गाउँको माटोमै पैसाको महत्व पाउन थालेको बताएका छन् । भारतको मुम्बईस्थित पाँचतारे होटलमा कुकको काम गरेका बगरफाँटका गणेश घिमिरे र युएईको एक होटलमा १० वर्षसम्म काम गरी गत वर्ष गाउँ फर्केर होटल व्यवसाय सञ्चालन गरेका राजु कार्कीले आफ्नै ठाउँमा सानो भए पनि व्यवसाय सञ्चालन गरेर त्यसबाट प्राप्त हुने आम्दानीको मज्जै बेग्लै हुने बताउनुभयो । घिमिरेले गाउँमा नै होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्नुभएको छ भने कार्कीले म्याग्दीको नयाँ पर्यटकीयस्थल लभ्लीहिलमा सञ्चालित लभ्लीहिल रेष्टुरेन्टमा कुकको काम गर्दै आउनुभएको छ ।

थापा, छन्त्याल, कार्की, घिमिरे, सापकोटा र फगामीजस्ता धेरै व्यक्ति अहिले शहर छाडेर गाउँमा फर्किनुभएको छ । गत वर्षदेखि महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमणको आशङ्कामा शहरमा रहेकाहरू गाउँ फर्किएपछि गाउँले नयाँ त्राण पाएको छ । यसले गर्दा गाउँमा निकै चहलपहल बढेको छ । विभिन्न पेशा÷व्यवसाय तथा अध्ययनका लागि शहर बसेकाहरू फर्किएपछि गाउँको रूप फेरिएको छ । अरू बेला गाउँ आउँदा साथीभाइसँग भेटघाट गरेर गफिने र गाउँघर घुमफिर गर्ने अवस्था भने अहिले छैन । पछिल्लो समय वृद्धाश्रमजस्तो देखिने गरेको गाउँमा युवायुवतीको आगमनले खेतबारीको कर्ममा समेत ठूलो सहायता मिलेको छ ।

युवाहरु धमाधम गाउँ फर्किएपछि अहिले गाउँको स्वरुप नै फेरिएको बेनी नगरपालिका–२ ज्यामरुककोटका ८६ वर्षीय रणबहादुर घिमिरेले बताउनुभयो । “पहिला शून्यशून्य देखिने गाउँ अहिले भरिभराउ भएको छ”, घिमिरेले भन्नुभयो, “आपत्विपत, सङ्कट र महामारीमा मानिसलाई गाउँ नै प्यारो लाग्दोरहेछ ।” गाउँमा फर्केर आफ्नो १६ रोपनी खेत र बारीमा ५०० बढी मालभोग जातका केराका बिरुवा लगाउँदै गर्नुभएका बगरफाँटका दुर्गा थापाले गाउँमा सुरक्षा र आनन्द दुवै पाइने भएकाले शहरको त्रासलाई भुलाउन आफू गाउँमा आएको बताउनुभयो ।

वर्षौँदेखि बाँझो रहेका खेतबारीमा अहिले हरियाली छाएको र उत्पादनमा वृद्धि हुने लक्षण देखिएको स्थानीय कृषकले बताएका छन् । कोरोनाका कारण उद्योग, शिक्षा, रोजगारलगायत धेरै क्षेत्र प्रभावित भएका छन् । तर कृषि र स्वास्थ्य क्षेत्रमा भने निकै सुधारका सङ्केत देखिएका सरोकारवालाको भनाइ छ ।(रासस)
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

सम्बन्धित

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com