ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छत्तीसगढमा माओवादीसँगको भिडन्तमा ज्यान गुमाउने सुरक्षाकर्मीको सङ्ख्या २२ पुग्यो


एबीसी / संवाददाता

काठमाडौँ, २२ चैत्र । भारतको छत्तीसगढमा माओवादीसँगको भिडन्तमा ज्यान गुमाउने सुरक्षाकर्मीको सङ्ख्या २२ पुगेको छ । शनिवार बिहान भएको भिडन्तमा ज्यान गुमाउनेमध्ये २० जना सुरक्षाकर्मीको शव भेटिएको बीबीसी हिन्दीले जनाएको छ ।

चार घण्टासम्म चलेको भिडन्तमा ३७ जना सुरक्षाकर्मी घाइते भएका र अझै एक जना हराइरहेका खबरमा उल्लेख छ । शुक्रवार रातिदेखि दुई हजार ५९ जनाको संयुक्त सुरक्षा बलले बीजापुर र सुकमा जिल्लामा रहेको जङ्गलमा माओवादीविरुद्ध अपरेशन चलाएका थिए । अपरेशनका क्रममा माओवादीले थापेको धरापमा सुरक्षाकर्मी परेका थिए । धरापमा भएको बम विस्फोटपछि दुई पक्षबीच गोली हानाहान भएको खबरमा उल्लेख छ ।

माओवादीतर्फ पनि ठूलो क्षति भएको अनुमान गरिए पनि अहिलेसम्म एक जना महिलाको मात्रै शव भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो केही वर्षयता छत्तीसगढमा यसलाई माओवादीको सबैभन्दा ठूलो आक्रमण मानिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको निन्दा गर्नुभएको छ । प्रधानमन्त्रीले एक ट्वीटमा लेख्नुभएको छ, छत्तीसगढमा माओवादीसँग लड्ने क्रममा सहिद भएका जवानका परिवारलाई मेरो समवेदना छ । वीर सहिदहरूको बलिदानीलाई कहिल्यै भुल्न सकिँदैन । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । भारतका गृह मन्त्री अमित शाह र छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले माओवादीसँगको मुठभेडमा सुरक्षाकर्मीको निधनलाई लिएर दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com