ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छत्तीसगढमा माओवादीसँगको भिडन्तमा ज्यान गुमाउने सुरक्षाकर्मीको सङ्ख्या २२ पुग्यो


एबीसी / संवाददाता
चैत्र २२, २०७७ आईतबार  ३ : १२ बजे

काठमाडौँ, २२ चैत्र । भारतको छत्तीसगढमा माओवादीसँगको भिडन्तमा ज्यान गुमाउने सुरक्षाकर्मीको सङ्ख्या २२ पुगेको छ । शनिवार बिहान भएको भिडन्तमा ज्यान गुमाउनेमध्ये २० जना सुरक्षाकर्मीको शव भेटिएको बीबीसी हिन्दीले जनाएको छ ।

चार घण्टासम्म चलेको भिडन्तमा ३७ जना सुरक्षाकर्मी घाइते भएका र अझै एक जना हराइरहेका खबरमा उल्लेख छ । शुक्रवार रातिदेखि दुई हजार ५९ जनाको संयुक्त सुरक्षा बलले बीजापुर र सुकमा जिल्लामा रहेको जङ्गलमा माओवादीविरुद्ध अपरेशन चलाएका थिए । अपरेशनका क्रममा माओवादीले थापेको धरापमा सुरक्षाकर्मी परेका थिए । धरापमा भएको बम विस्फोटपछि दुई पक्षबीच गोली हानाहान भएको खबरमा उल्लेख छ ।

माओवादीतर्फ पनि ठूलो क्षति भएको अनुमान गरिए पनि अहिलेसम्म एक जना महिलाको मात्रै शव भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो केही वर्षयता छत्तीसगढमा यसलाई माओवादीको सबैभन्दा ठूलो आक्रमण मानिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको निन्दा गर्नुभएको छ । प्रधानमन्त्रीले एक ट्वीटमा लेख्नुभएको छ, छत्तीसगढमा माओवादीसँग लड्ने क्रममा सहिद भएका जवानका परिवारलाई मेरो समवेदना छ । वीर सहिदहरूको बलिदानीलाई कहिल्यै भुल्न सकिँदैन । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । भारतका गृह मन्त्री अमित शाह र छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले माओवादीसँगको मुठभेडमा सुरक्षाकर्मीको निधनलाई लिएर दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

बंगलादेश: १७ वर्ष निर्वासनपछि लन्डनबाट फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का, ‘बेगमहरूको युद्ध’ को अन्त्य ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com