ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘समृद्ध नेपाल सुुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न सरकार क्रियाशील भएर काम गरिरहेको छः मन्त्री गुरुङ


एबीसी / संवाददाता
चैत्र २२, २०७७ आईतबार  ७ : २८ बजे

काठमाडौं, २२ चैत्र । ‘समृद्ध नेपाल सुुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न सरकार क्रियाशील भएर काम गरिरहेको छः मन्त्री गुरुङसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘समृद्ध नेपाल सुुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न वर्तमान सरकार क्रियाशील भएर काम गरिरहेको बताउनुभएको छ । दोलखाको खरिढुङ्गा खेल मैदानमा आयोजित ‘दोलखा जिल्ला नकआउट फुटबल प्रतियोगिता’ को शनिवार समापन समारोहमा उहाँले भन्नुभयो, “मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार दृढतापूर्वक लागि परेको छ ।”

मन्त्री गुरुङले खेलकूद क्षेत्रको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन खेलाडीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै दोखलाको खरिढुङ्गा खेलकूद मैदानलाई राष्ट्रियस्तरको खेल मैदानका रुपमा विकास गर्न आफूूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले त्यसका लागि डिपीआर तयार भएमा आगामी आर्थिक वर्षमा बजेटको व्यवस्थापन गर्न सक्ने उल्लेख गर्दै दोलखाको खरिढुङ्गा र डाँडडुङे डाँडा पर्यटकीय दृष्टिकोणले पनि आकर्षक गन्तव्य रहेको बताउनुभयो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले २६ सय मिटर उचाईमा रहेको खरिढुङ्गामा राष्ट्रियस्तरको खेलकूद मैदान बनाउन उपयुक्त हुने सुुझाव दिनुुभयो । दोलखा फुटबल सङ्घले आयोजना गरेको उक्त प्रतियोगितामा विगु गाउँपालिकास्थित तीनपोखरी युवा क्लब विजयी भएको छ ।

सो अवसरमा मन्त्री गुरुङले विजयी क्लबलाई नगद रु २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । त्यसैगरी उहाँले उपविजेता राजहिटी क्लब दोलखालाई नगद रु १० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्रप्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com