ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपाललाई एमालेको प्रश्न : ‘प्रचण्डको मतियार बनेर ओलीविरुद्ध खनिने तपाईँलाई कारबाही किन नगर्ने ?’


एबीसी / संवाददाता
चैत्र ९, २०७७ सोमबार  ७ : ४१ बजे

काठमाडौं, ९ चैत्र । नेपाल कम्युनिस्ट पार्टी एमालेले पार्टीका चार नेतालाई १० बुँदे स्पष्टीकरण पत्र पठाएको छ । शनिवारको केन्द्रीय कमिटीको निर्देशनअनुसार वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरू सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई घरमै पुगेर स्पष्टीकरण पत्र दिइएको र तीन दिनभित्र पार्टी कार्यालयमा आइपुग्ने गरी जवाफ पेस गर्न भनिएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।स्पष्टीकरण पत्रमा प्रधानमन्त्री ओलीलाई प्रचण्डसँग मिलेर १९ पृष्ठ लामो शत्रुतापूर्ण र अराजक आरोप लगाएको र प्रचण्डको मतियार बनेर किन पार्टीविरुद्ध लागेको भनेर सोधिएको छ ।

यस्तै सडक तथा अनधिकृत स्थलमा बसेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय किन गरेको, पार्टी विधान विपरीत किन पटक–पटक निवेदन पेस गरेको, पार्टीको निर्देशन विपरीत चैत ४ र ५ गते किन गुटको राष्ट्रिय भेला राखेको भनेर पनि सोधिएको छ ।

यस्तै ओलीले नेतृत्व गरेको लोकप्रिय सरकारको विरुद्धमा सडकबाट र सञ्चारमाध्यमबाट किन आवाज उठाएको, आफ्नै पार्टीका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीबाट हटाएर अरू दलका नेतालाई प्रधानमन्त्री बनाउन षड्यन्त्र गर्नुको कारण के हो र यस्ता गतिविधि गर्ने तपाईँलाई कारबाही किन नगर्नेलगायतका स्पष्टीकरण सोधिएको छ । तीन दिनभित्र स्पष्टीकरणसहित लिखित जवाफ पेस नगरेमा पार्टीको विधानअनुसार कारबाही हुने पनि पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

जेन—जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com