ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनबाट खोप आउने सुनिश्चित भए छिट्टै अर्को चरणको अभियान सुरु गर्छौँ


एबीसी / संवाददाता

काठमाडौँ, ६ चैत्र ।  चीनबाट ल्याउने भनिएको खोपको सुनिश्चिततालाई हेरेर अर्को उमेर समूहकालाई खोप लगाउन सुरु गर्ने तयारी भएको छ ।चीनबाट आउने भनिएको खोप सुनिश्चित भयो भने केहीदिनमै फेरि खोप अभियान सुरु गरिने स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले जानकारी दिनुभयो ।

परराष्ट्र मन्त्रालयमार्फत् खोप जतिसक्दो छिटो ल्याउनेबारे छलफल भइरहेको र बेइजिङमा रोकिएको खोप भने अबको २र४ दिनभित्रै आइपुग्ने उहाँले बताउनुभयो । चीनले अनुदानमा दिएको खोप बेइजिङमा रोकिएको छ । बेइजिङबाट नेपाल आफैँले खोप ल्याउनु पर्ने भएकाले अहिले परराष्ट्र मन्त्रालयमार्फत समन्वयको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

नेपालमा अहिले ७ लाख डोज खोप मौज्दात छ । अहिलेसम्म नेपालमा झण्डै ६ प्रतिशत व्यक्तिले कोरोना खोप लगाएका छन् । अबको खोप अभियानमा ५५ वर्षभन्दा माथिकालाई खोप लगाउने कि ६० वर्षभन्दा माथिकालाई लगाउने भन्नेबारे छलफल भइरहेको उहाँको भनाइ छ ।

आउनुपर्ने खोप तत्काल नआउने अवस्थामा पनि दोस्रो डोज खोप लगाउनेहरुका लागि भने कुनै समस्या नरहने मन्त्रालयले दाबी गरेको छ । नेपालले भारतको सिरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख डोज खोप खरिद गरे पनि १० लाख मात्रै भित्रिएको थियो।

यसअघि भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको थियो । यस्तै, कोभ्याक्समार्फत् नेपालले अनुदानमा तीन लाख ४८ हजार डोज खोप पाएको थियो । कोभ्यासमार्फत् आउनु पर्ने थप खोपमा ढिलाइ र भारतसँग खरिद गरिएको खोप समयमा नआउँदा खोप अभियान तत्काललाई रोकिएको छ। स्वास्थ्य मन्त्रालयले भारतबाट आउन बाँकी १० लाख डोज खोप ल्याउनेबारे भारतसँग छलफल भइरहेको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com