काठमाडौ, ४ चैत । नेकपा (एमाले) का केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले माओवादी नेतृत्वको कर्णाली प्रदेश सरकारप्रति आफ्नो पार्टीको समर्थन कायमै रहेको बताउनुभयो । ललितपुरमा बुधबारदेखि सुरू (खनाल–नेपाल समूह) को राष्ट्रिय कार्यकर्ता भेलाबारे ब्रिफिङ गर्न आयोजित पत्रकार सम्मेलनमा भट्टराईले कर्णाली प्रदेशमा अहिलेसम्म आफूहरूले सरकारको समर्थन फिर्ता नलिएको प्रस्ट पार्नुभएको हो । ‘कर्णाली प्रदेशमा नेकपा एमाले र माओवादी सम्मिलित सरकार छ। र नेकपा माओवादीका नेता त्यहाँका मुख्य मन्त्री हुनुहुन्छ। नेकपा एमालेका साथीहरू पनि त्यो सरकारमा सामेल हुनुहुन्छ। त्यो सरकार प्रतिको समर्थन अहिलेसम्म कायम छ,’ उहाँले भन्नुभयो । बुधबार सुर्खेतमा केपी शर्मा ओली पक्षीय एमाले संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता महेन्द्र बहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
यो सँगै बैठकले एमालेको तर्फबाट सरकारमा गएका तीनजना मन्त्री प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढालाई पनि फिर्ता बोलाउने निर्णय गरेको थियो। उक्त दलको बैठकमा तीन जना मन्त्रीसहित झलनाथ खनाल(माधव नेपाल समूहका सांसद उपस्थित थिएनन्।








प्रतिक्रिया दिनुहोस्