ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीले नमानेका नेता नेपालका ६ प्रस्ताव (यस्ता छन् प्रस्ताव)


एबीसी / संवाददाता
चैत्र ४, २०७७ बुधबार  ३ : ३९ बजे

काठमाडौं, ४ चैत्र ।  नेकपा एमालेका प्रभावशाली नेता माधवकुमार नेपालले सर्वोच्च अदालतले एमाले ब्युँताएपछि नयाँ शिराबाट जान ६ वटा प्रस्ताव गरिएको बताउनुभयो । आफूहरूले राखेका प्रस्ताव प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नमानेपछि कार्यकर्ता भेला आयोजना गर्नुपरेको उहाँले बताउनुभयो । ललितपुरमा बुधवार आफूपक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीले पार्टीमा एकलौटी ढंगले निर्णय गरेपछि कार्यकर्ता भेला गर्नुपरेको दावी गर्नुभयो । नेपालले अहिले पनि आफूहरू मिलेर अगाडि बढ्न चाहेको बताउनुभयो ।

अध्यक्ष ओलीसँग ६ वटा प्रस्ताव

१। एमालेको संगठनात्मक संरचना, राजनीतिक मान्यता, नेतृत्वहरू पूर्ववत् अवस्थामा यथावत रहनेछन् ।
२। पार्टीलाई विधि र पद्धतिको आधारमा सञ्चालन गर्नुपर्छ ।
३। पार्टीका बैठक कसैको निवास या सरकारी निवासमा होइन पार्टी कार्यालयमा हुनुपर्छ ।
४। सिंगो कम्युनिस्ट आन्दोलनलाई एकजुट बनाउन पहल गर्ने ।
५। वामपन्थी नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने ।
६। पार्टीको मार्गदर्शनमा सरकार सञ्चालन गर्नुपर्ने ।

आफूहरूले राखेका विषय सम्बोधन गर्नुको सट्टा ओलीले फागुन २८ गते गुटको भेला गरेर आफूपक्षीय नेताहरूको जिम्मेवारी खोसेको आरोप नेपालले लगाउनुभयो ।
‘पार्टी एकता हुनुअघि नेकपा एमालेको नौ वटा केन्द्रीय समिति बैठक भएका थिए । ओलीले २८ गते गुटको भेला बोलाएर भेलालाई १० औं र ११औं बैठक भनेर दुईवटा कागजमा सही गराउनुभएको रहेछ,’ नेता नेपालले भने ।
त्यसपछि ओलीले आफूलाई वार्ताका लागि बोलाए पनि आफू बालुवाटार नगएको बताए ।

‘ओलीले बालुवाटार आउन भन्नुभयो, मैले आउँदिनँ भनें । उहाँले म बाहिर आउन मिल्दैन भन्नुभयो । म बालुवाटार नजाने, तपाईं बाहिर निस्कन नमिल्ने भएपछि नभेटौं भनें । होइन भेट्न त भेटौं भनेपछि पार्टी कार्यालयमा भेटेको हो । साथीहरूसँगै गएर भेटेको हो,’ नेपालले भन्नुभयो ।
कार्यकर्ता भेलाको बन्दसत्रमा नेता नेपालले राजनीतिक कार्यपत्र पेश गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

जेन—जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com