ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको नेपाल–खनाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेला : यस्तो छ कार्यपत्रमा


एबीसी / संवाददाता

काठमाडौं, ४ चैत्र । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको राष्ट्रिय भेला राजधनीमा सुरु भएको छ । भेलामा देशभरबाट करिब दुई हजारभन्दा बढी नेता तथा कार्यकर्ता सहभागी छन् ।
नेपाल–खनाल पक्षले पार्टी विधानविपरीत निर्णय गरिएको भन्दै खारेज गर्नुपर्ने अडान राखेको छ । तर, अध्यक्ष केपी ओली पक्ष २८ फागुनमा गरेको केन्द्रीय सदस्यहरूको मनोनयन, नेताहरूको जिम्मेवारी हेरफेर, विधान संशोधनलगायत निर्णयबाट पछि नहट्ने मनस्थितिमा छ । राष्ट्रिय भेला नरोक्ने र ७ चैतमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा पनि नजाने बरु समानान्तर कमिटीको अभ्यास गर्ने यो समूहको तयारी छ ।

राष्ट्रिय भेलामा नेपाल–खनाल पक्षले कार्यपत्र प्रस्तुत गरेको छ । कार्यपत्रमा अध्यक्ष ओलीका कारण माओवादी केन्द्रसँगको एकता भंग भएको र व्यक्तिवादी चरित्रका कारण कम्युनिस्ट आन्दोलन धरापमा परेको आरोप लगाइएको छ ।नेताहरू युवराज ज्ञवाली, घनश्याम भुसाल, डा। बेदुराम भुसाल, सुरेन्द्र पाण्डे र योगेश भट्टराई रहेको पाँच सदस्यीय कार्यदलले भेलामा छलफलका लागि पेस गरिने राजनीतिक अवधारणापत्र तयार पार्नुभएको छ ।भेलाको अवधारणापत्रमा ओलीको कार्यकालको समीक्षा गर्दै राजीनामा माग गरिएको छ । ओलीले वामपन्थीको अद्वितीय बहुमत भएको संसद् विघटन गरेको, ओलीलाई नाजायज सुविधा दिएर भए पनि पार्टी एकतालाई जोगाउन अनेकौँ प्रयत्न गरिए, तर उहाका क्रियाकलाप कम्युनिस्ट पार्टीलाई विभाजन गर्ने दिशामा नै अगाडि बढेको दाबी गरिएको छ ।
नियोजित रूपमा पार्टी विभाजन गर्न ओली अघि बढेको, अदालतको आदेशले दुई पार्टी अलग गर्दा पनि हर्षबढाइँ गरेर ओलीले एकताबद्ध नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई आफ्नो गुटको विजय र अरूको पराजयका रूपमा प्रचार गराएको अवधारणापत्रमा उल्लेख छ । ‘२८ फागुनमा आफ्नो गुटको भेला गरे । र, त्यसै भेलालाई एमालेको केन्द्रीय कमिटीको बैठक भनेर वक्तव्य जारी गरे । यसरी ओली सुनियोजित ढंगले पार्टी विभाजन गर्न अघि बढे,’ अवधारणापत्रमा भनिएको छ ।

अघिल्लोपटक पनि ओलीले सहमतिको पालना र नेतृत्व गर्न नसक्दा एमाले सरकारबाट बाहिरिनुपरेको दाबी गरिएको छ । ओलीको कारण माओवादीसँग एमालेको तिक्तता बढ्दै गएको र स्थानीय तहको निर्वाचनमा माओवादीले कांग्रेससँग तालमेल गर्ने अवस्था बनेको उल्लेख गरिएको अवधारणापत्रमा भनिएको छ, ‘कम्युनिस्ट सहकार्य गर्न सकेको भए स्थानीय तहमा अझ व्यापक वामपन्थी आधार बन्न सक्थ्यो, त्यो अवसर गुमायौँ ।’

ओलीले अकस्मात् चुनावी गठबन्धन र पार्टी एकतासम्म पुग्ने प्रस्ताव ल्याएको बताइएको छ । अवधारणापत्रमा भनिएको छ, ‘माओवादीविरुद्ध व्यक्तिगत रूपमा पनि आक्रामक रहँदै आएका ओलीले माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा जाने र पार्टी एकतासम्म पुग्ने प्रस्ताव अचानक स्थायी कमिटीमा पेस गरे। स्थानीय तहको निर्वाचनको उम्मेदवारीमा ओलीले गरेका गुटबन्दीपूर्ण जिद्दीले पार्टीमा आशंका बढाइरहेको थियो । तैपनि वामपन्थीबीच सहकार्यको प्रस्ताव उचित नै भएको हुँदा स्थायी कमिटीले त्यस प्रस्तावलाई पारित ग¥यो ।

पार्टी एकताको प्रस्ताव पनि अचानक ल्याए । निर्वाचनको परिणामबाट वामपन्थी सरकारको प्रधानमन्त्रीका रूपमा अध्यक्ष ओलीको पुनरागमनले मुलुकलाई एउटा राष्ट्रिय आशा जगायो । त्यसले उहामा अझ बढी आत्मगौरव बढ्यो । एक्लै निर्णय गर्ने कार्यशैली झन् बढ्यो । यसैबीच पहिलेझैँ ओलीले माओवादी केन्द्रसँग पार्टीको सिद्धान्त, नाम, संगठनात्मक व्यवस्थालगायत कैयन् विषयमा एकलौटी सम्झौता गरे र अचानक पार्टी एकताको प्रस्ताव सुनाए ।’ जनमतको दुरुपयोग गर्दै ओलीले पार्टीमा बलमिच्याइँ गरेको नेपाल समूहको ठहर छ । संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिक उम्मेदवारीमा ओलीले चरम गुटबन्दीको प्रदर्शन गरेको पनि नेपाल समूहको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com