ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ओलीले दिएको पीडा कहिल्यै बिर्सन सकिन्नँ, आफ्नै साथीलाई तुच्छ बोल्न कसरी सकेको ?


एबीसी / संवाददाता
चैत्र ४, २०७७ बुधबार  ३ : १५ बजे

काठमाडौं, ४ चैत्र ।  नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेला सुरु भएको छ । ललितपुरको एक पार्टी प्यालेसमा भएको भेलामा देशभरिबाट विभिन्न कमिटीका झण्डै दुई हजार कार्यकर्ता सहभागी छन् ।

भेलालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीले वर्षौँसम्म सँगै लडेका साथीलाई दिनुसम्म पीडा दिएको गुनासो गर्नुभयो । ‘दुःख गरेर आएका नेतालाई हेला गर्ने, तुच्छ वचन बोल्ने र पार्टीबाटै हटाउने षड्यन्त्र गर्नुभएको छ । आफ्नै साथीलाई तुच्छ बोल्न कसरी सकेको होला रु केपी ओलीले दिएको पीडा त कहिल्यै पनि बिर्सन सकिन्नँ’, शाक्यले भन्नुभयो ।

अध्यक्ष ओलीमा नैतिकता नै नभएको शाक्यको आरोप छ । ‘तपाईँले संविधान र लोकतन्त्र मास्ने नियतका साथ गरेको प्रतिगामी कदमलाई सर्वोच्चले उल्टाइदियो, यदि तपाईँमा अलिकति पनि नैतिकता बाँकी रहेको हुन्थ्यो भने राजीनामा दिइहाल्नुहुन्थ्यो तर तपाईँमा अलिकति पनि नैतिकता रहेनछ, उल्टै अरूलाई सिकाउँदै हिँड्नुभएको छ’, नेतृ अष्टलक्ष्मी शाक्यले भन्नुभयो । तत्कालीन एमाले र माओवादी केन्द्रको एकताकै सहारामा ओली सत्तामा पुगेको र त्यसपछि मनपरी गर्दै एकतालाई सत्तामा पुग्ने भर्‍याङ मात्रै बनाएको नेतृ शाक्यको भनाइ छ ।

सर्वोच्चले एमाले बिउँताइदिएपछि २०७५ सालको जेठ ३ गतेअघिकै अवस्थामा फर्कनुपर्नेमा ओलीले बालुवाटारमा गुट चलाउने र आफ्नो चाकरी गर्नेलाई मात्रै पद दिएर अरूलाई चिढाएको शाक्यको आरोप छ । एमालेलाई एकताबद्ध बनाउने हो भने ओलीले अहिलेसम्म गरेका गल्तीमा क्षमा माग्नुपर्ने र भविष्यमा लोकतन्त्र र पार्टीको विधान विरोधी काम नगर्ने प्रतिबद्धता जनाउनुपर्ने शाक्यले बताउनुभयो ।

‘आत्मालोचना गर्नुहोस्, सबैलाई समेट्नुहोस्, अवसर छ, विधान मिच्न पाउनुहुन्न । २८ गतेको निर्णय तत्कालै फिर्ता गर्नुहोस् । माफी माग्नुहोस् । हामी चाहन्छौँ एमाले एक होस्’, शाक्यले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

जेन—जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com