काठमाडौं, ४ चैत्र । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य गम्भीर रहेको छ । उहाँको नर्भिक अस्पतालमा भेन्टिलेटरमा रहेर उपचार भइरहेको छ उहाँका स्वकीय सचिव पुष्कर पाण्डेले दिएको जानकारी अनुसार जोशीको स्वास्थ्य गम्भीर रहेको छ । उहाँले भन्नुभयो , ‘केही मिडियाले गलत समाचार लेखे । यसले तनाव बढाएको छ । उहाँको भेन्टिलेटरमा रहेर उपचार नै भइरहेको छ । पाण्डेका अनुसार नेता जोशीमा ब्रेनमा समस्या छ, रक्तचाप न्यून रहेको छ, फोक्सो र मुटुको चाल अहिलेसम्म स्थिर छ । जोशीको वरिष्ठ न्यूरो सर्जन डा. राजीव झा नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।
गत फागुन १४ गते बेहोस भएर उनलाई अस्पतालमा भर्ना गरिएको थियो । मस्तिस्कघात भएका जोशीलाई बीचमा भेन्टिलेटरबाट आइसीयूमा सारिएको भए पनि पछि फेरि स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमै राखेर उपचार भइरहेको हो ।
प्रतिक्रिया दिनुहोस्