काठमाडौं, ३ चैत्र । मार्च १६, अर्थात (चैत्र ३ गते) विश्व समाजिक दिवसको उपलक्ष्यमा सुकेधारा स्थित ब्रूकलिन कलेजले समुदाय सरसफाई कार्यक्रम आयोजना गरेको छ । कलेका प्राध्यापक र बि.एस.डब्लुमा अध्ययनरत विद्यार्थीहरु कलेज वरिपरिको वातावरण र समुदाय सरसफाई गरेका छन् । समुदाय सरसफाई कार्यक्रममा सो कलेजमा अध्यापन गराउने प्राध्यापक र विद्यार्थीहरुको सहभागिता रहेको थियो । संगसगै विद्यार्थीहरुको समूहले सङ्कलन गरेको नगद रु ८ हजार गोकर्ण स्थित संयुक्त अपाङ एकता आवाज केन्द्रलाई आर्थिक सहयोग प्रदान गरेका छन् । विद्यार्थीहरुलाई बौद्धिक ज्ञान मात्र नभई प्रयोगात्मक शिक्षा दिने उक्त कार्यक्रम आयोजना गरेको ब्रूकलिन कलेजका प्रिंसिपल सुरेन्द्र लम्सालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्