ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चियापानमा सहभागी हुन ओली पक्षका नेताहरू बालुवाटार जान सुरू, खनाल–नेपाल र गौतम नजाने


एबीसी / संवाददाता

काठमाडौं, ३ चैत्र । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको चियापानमा उहाँ पक्षीय पार्टीका केन्द्रीय सदस्य तथा सांसद बालुवाटार जाने क्रम सुरू भएको छ। सर्वोच्च अदालतले पार्टी ब्यूँताएपछि आगामी ७ गते बस्ने केन्द्रीय कमिटीको बैठकअघि अध्यक्ष ओलीले सदस्यलाई चियापानका लागि बोलाउनु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा चियापानको सबै तयारी पुरा भइसकेको छ। यसैबीच झलनाथ खनाल र माधव नेपाल समूहले भने चियापान बहिस्कार गर्ने भएका छन्।

यस्तै वामदेव गौतम समूहले पनि ओलीको चियापानमा नजाने भएको छ। एकता अभियान चलाइरहेका गौतमले बल्खुस्थित एक पार्टी प्यालेसमा आजै यही समयमा भेला राख्नु भएको छ । खनाल–नेपाल समूहले चियापान वहिष्कार गर्दे राष्ट्रिय कार्यकर्ता भेलाको जानकारी दिन आज पत्रकार सम्मेलनको आयोजना गरेका छन् । चैत ४ र ५ गते काठमाडौंमा गरिने कार्यकर्ता भेलाबारे आज पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने केन्द्रीय प्रचार विभागले जनाएको छ।

एमाले नेता योगेश भट्टराईका अनुसार आज दिउँसो २ बजे होटल हेरिटेज गार्डेन सानेपा चोक ललितपुरमा पत्रकार सम्मेलनबाट राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिने कार्यक्रम छ । कार्यकर्ता भेला रोक्न प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी ओलीले आग्रह गर्नुभएको थियो । नेता नेपाल पक्षले कार्यकर्ता भेला नरोक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com