ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चोरले मर्ने धम्की दिँदै रुख चढेर भिर देखाएपछि प्रहरीले गर्र्यो यस्तो


एबीसी / संवाददाता

काठमाडौं, २ चैत्र ।  आइतवार एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गर्न खोज्दा निकै सास्ती खेप्नु परेको छ। जब प्रहरीले खोजी गरि अभियुक्तलाई देख्यो उनी प्रहरीबाट फुत्केर एउटा खोचमा पुगे। जब प्रहरीले पक्राउ गर्न नजिकै जान खोज्थ्यो उनले हामफालेर मर्ने धम्की दिन थाल्थे। केही समय अभियुक्त उनको प्रहरीसँग जुहारी नै चल्यो।

सन्दर्भ हो, ३६ वर्षीय खन्ती भनिने सुकलाल वाइवा पक्राउको प्रकरण। वाइवालाई प्रहरीले गोकर्णेश्वर नगरपालिका ४ सुन्ताखान बस्ने राजकुमार पण्डित क्षेत्रीको घरमा चोरी गरेको अभियोगमा खोजी गरिहरेको थियो।

आइतवार दिउँसो गोकर्णेश्वर नगरपालिका ४ उत्तरबाहिनीमा बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो। उनलाई पछ्याउँदै जाने क्रममा उनले गोकर्णको खोचसँगैको रुख चढे। त्यहीँबाट हाम फालेर मर्छु भन्दै धम्क्याउन थाले। उनलाई प्रहरीले पटकपटक तल उत्रिन आग्रह गर्‍यो। वाइवाले मानेनन्।

हैरान बनाएपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले घटनाका बारेमा महानगरीय प्रहरी परिसर काठमाडौंलाई समेत जानकारी दियो। त्यसपछि परिसरले डीएसपीको नेतृत्वमा विपद व्यवस्थापन टोली र आत्महत्या गर्न लागेका व्यक्तिलाई फर्काउन नेपाल प्रहरी अस्पताबाट मानसिक रोग विशेषज्ञ समेत गोकर्ण पठायो।

डाक्टर आशिष दत्तले आमहत्याको विषयलाई लिएर उनलाई काउन्सिलिङ गरे। त्यसपछि भने वाइवा फर्कन मानेको प्रहरीले जनाएको छ। विपद व्यवस्थापनको टोली भिरमा गएर उनको उद्दार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com