ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मलाको हत्याबारे थप सूचना प्राप्त भइरहेका छन् चाँडै दोषी पत्तालाग्छ : डीआइजी सुबेदी


एबीसी / संवाददाता

दार्चुला, २० फागुन । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तम राज सुवेदीले पछिल्लो समय निर्मलाको हत्यासँग सम्बन्धित घटनामा थप सूचनाहरु प्राप्त भइरहेको बताउँदै उहाँले चाँडै दोषी पत्ता लाग्ने विस्वास व्यक्त गर्नुभयो ।दार्चुला सदरमुकाम खलंगामा जिल्ला प्रहरी कार्यालय दार्चुलाद्धारा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अपराध नियन्त्रणका लागि सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।बैतडीमा भागरथी भट्टको बालात्कारपछि हत्या भएको घटनामा स्वयं घटनास्थलमा खटिएर अनुसन्धान गरी अभियुक्त समात्न सफल भएको स्मरण गर्दै प्रहरी नायव महानिरीक्षक सुवेदीले कञ्चनपुरकी निर्मला पन्तको हत्यारासमेत छिट्टै पत्ता लाग्ने बताउनुभयो ।

नेपाली समाजमा अधिकांश अपराधका घटना आफन्तबाटै भइरहेका छन् । हत्या, हिंसा, बालात्कारजन्य जघन्य अपराधका ८० प्रतिषत घटनामा नजिकका आफन्तको संलग्नता रहने गरेको पाइएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उत्तम राज सुवेदीले जानकारी दिनुभयो ।

दार्चुला सदरमुकाम खलंगामा जिल्ला प्रहरी कार्यालय दार्चुलाद्धारा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अपराध नियन्त्रणका लागि सरोकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले अपराध तथा विकृति, विसंगति रोकथाम गर्न प्रतेक नागरिक सचेत हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

आफूले अनुसन्धान गरेका पाँचसय हत्याका घटनामध्ये सबैभन्दा बढी १५३ घटनामा श्रीमानले श्रीमतीको हत्या गरेको पाइएको प्रहरी नायब महानिरीक्षक सुवेदीले जानकारी दिनुभयो । यस्तै श्रीमतीले श्रीमानको हत्या गरेका घटना ३२ वटा, दाइभाइ र बाबुछोराबीच ५० भन्दा बढी हत्याका घटना पाइएको उहाँले बताउनुभयो । प्रहरीका अनुसार पछिल्लो समय अधिकांश हत्या, हिंसा र आत्महत्याका घटनाहरु आफन्तकै कारण हुने गरेका छन् । पछिल्लो समय अपराधका घटनाहरु विश्लेषण गर्दा आफन्तबाटै सचेत हुनुपर्ने बेला आएको छ, प्रहरी नायब महानिरीक्षक सुवेदीले भन्नुभयो, ‘पहिले अपरिचित ब्यक्तिबाट हत्या, हिंसा, बलात्कार जस्ता घटना हुन्थे तर आजको परिवेशमा ८० प्रतिशत त्यस्ता आपराधिक क्रियाकलापहरु अमानवीय ढंगले आफन्त, चिनेजानेको ब्यक्तिबाटै भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com