ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किटानी जाहेरी दिदा समेत प्रहरीले अनुसन्धानमा ढिलाई गरेको भन्दै स्थानियबासी आक्रोशित


एबीसी / संवाददाता

काँभ्रे १५ फागुन । काभ्रेको कोशिपारी भुम्लु गाउपालीका ८ मा फागुन १० गते भएको घटनाको छानविनमा ढिलाई भएको भन्दै आफ्न्तहरुले आक्रोश ब्यक्त गरेका छन । कोशिपारी भुम्लु ८मा घर वाईरीङ गर्न गएका ज्ञानबहादुर दनुवार मृत अवस्थामा फेला परेका थिए । उनको हत्या भएको हुनसक्ने भन्दै परिवारबाट किटानी जाहेरी दिदा समेत प्रहरीले अनुसन्धानमा ढिलाई गरेकाले मृतकका आफ्न्तहरुले आक्रोश ब्यक्त गरेका हुन । घटनाको दिन प्रहरीले घरपरिवार नपुग्दै घटना स्थलबाट लास उठाउन खोज्नु र सगैं सुतेको मृतकका साढुदाईले राती हराएको थाहा पाएपनि कसैलाईै पनि खवर नगरिनु विहान खोज्न जाँदा उनिले नै पहिले लास देख्नु र प्रहरी रेकर्डमा उनको छवी राम्रो नभएकाले हत्या भएको आशंकामा  रोहीत मान राईका नाममा किटानी जाहेरी दिएको मृतकका बाबु रामबहादुर दनुवारले बताउनुभयो ।

अपराध अनुसन्धानमा पहिलो सबुतको रुपमा घटनास्थलमा प्राप्त हुने प्रमाणलाई लिइन्छ । यस्ता प्रमाण संकलनका लागि विशेषज्ञता भएका प्रहरी कर्मचारी घटनास्थलमा खटिनुपर्छ । तर, कतिपय अवस्थामा विशेषज्ञ प्रहरी घटनास्थलमा पुग्दैनन् । जसले गर्दा त्यहाँ उपलब्ध प्रमाण संकलन हुँदैनन् । ती प्रमाणको आवश्यक विश्लेषण हुन नसक्दा अपराध अनुसन्धान असफल हुन्छ । घटनास्थलबाट प्रमाण संकलनमा कमजोरी भयो भने वर्षौंसम्म पनि अपराधी पत्ता लाग्न सक्दैन । अपराध अनुसन्धानको क्रममा पीडित परिवारलाई मनोवैज्ञानिक रुपमा प्रहरीबाट ढाडस दिने काम पनि हुनु पर्छ । पीडित परिवारले आफ्नो महत्वपूर्ण सदस्य गुमाएको हुन्छ । उनीहरु गम्भीर पीडामा हुन्छन् । घटनाको अनुसन्धानमा जोडिएको प्रहरीले पीडित परिवारलाई पनि अनुसन्धान कार्यमा जोड्नुपर्छ अनिमात्र सफल अनुसन्धान हुन सक्छ ।

यस्तो छ घटनाको विवरण

काँभ्रे जिल्ला पाँचखाल नगर पालिका वडा नं. १२ स्थित कर्केटार बस्ने राम बहादुर दनुवारको छोरा वर्ष ४५ को ज्ञान बहादुर दनुवार मिति २०७७÷११÷१० गते कामको शिलशिलामा साढु्दाई रोहीत मान राईसंग भुम्लूटार वडा नं. ८ स्थित उप्रेति गाउमा घर वाईरिङ गर्न गएको । वायरीङ गर्ने क्रममा द्रोस्रोदिनको साँझ काम पछि दुबैजना पसलमा गई खाजा नास्ता गरि फर्कने क्रममा साथमा रक्सी ल्याएको र करिव राती ११ बजे सम्म कुराकानी गर्दै पसलबाट ल्याएको रक्सी सगै खाए पछि सगै सुतेको र करिव २ घण्टापछि जेठान राईले मृतकलाई नदेखेको र भोली पल्ट विहान घरबेटीले रोहितलाई साथी खोई भन्दै उठाउन गएको त्यसपछि साथीले खोज्नेक्रममा घर मुनी रहेको कोटमेरोको बोटमा झुण्डीएको अवस्थामा फेला परेपछि घर परिवारलाई खवर गरिएको थियो । मृतकका परिवार घटना स्थलमा पुग्दा स्थानिय र प्रहरी पुगिसकेका पाईयो । मृतकका आफ्नले घटना प्रति आक्रोश ब्यक्त गर्दै सत्यतथ्य छानविनगर्न प्रहरीको टोलिसंग विषेश किसिमको अनुसन्धानको लागि तालिम प्राप्त कुकुर प्रयोगगर्न माग गरेको । त्यसको २ घण्टापछि जिल्लाबाट डिएसपीको टोलि डाक्टर सहित घटना स्थल पुगेको तर पीडितको माग भने घटनामा प्रहरीको कुकुर प्रयोग गरिनुपर्ने रहेको थियो । डिएसपीको टोलिले अनुन्धानको लागि कुकुर ल्याउन असम्भव भएको भन्दै आनकानी गरि बसेको र कुकुर प्रयोग गर्न सम्वन्धीत निकायमा जिल्लाको प्रहरीले खवर नगरेको । काठमाडौंमा कुृकुर नभएको भन्दै हेटौडाबाट कुकुर ल्याउनुपर्छ भन्दै कुरा टारेको । प्रहरी र डाक्टरको राय सल्लाह अनुसार पोष्र्टमार्डमबाट पनि घटनाको छानवीन गर्न सकिन्छ भन्दै स्थानियको माग अनुसार मुचुल्का उठाउन दिएको । किटानी जाहेरी दिएको ३ दिन पछि मात्र प्रहरीले दर्ता गरेको ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com