ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किटानी जाहेरी दिदा समेत प्रहरीले अनुसन्धानमा ढिलाई गरेको भन्दै स्थानियबासी आक्रोशित


एबीसी / संवाददाता
फाल्गुन १५, २०७७ शनिबार  १२ : २० बजे

काँभ्रे १५ फागुन । काभ्रेको कोशिपारी भुम्लु गाउपालीका ८ मा फागुन १० गते भएको घटनाको छानविनमा ढिलाई भएको भन्दै आफ्न्तहरुले आक्रोश ब्यक्त गरेका छन । कोशिपारी भुम्लु ८मा घर वाईरीङ गर्न गएका ज्ञानबहादुर दनुवार मृत अवस्थामा फेला परेका थिए । उनको हत्या भएको हुनसक्ने भन्दै परिवारबाट किटानी जाहेरी दिदा समेत प्रहरीले अनुसन्धानमा ढिलाई गरेकाले मृतकका आफ्न्तहरुले आक्रोश ब्यक्त गरेका हुन । घटनाको दिन प्रहरीले घरपरिवार नपुग्दै घटना स्थलबाट लास उठाउन खोज्नु र सगैं सुतेको मृतकका साढुदाईले राती हराएको थाहा पाएपनि कसैलाईै पनि खवर नगरिनु विहान खोज्न जाँदा उनिले नै पहिले लास देख्नु र प्रहरी रेकर्डमा उनको छवी राम्रो नभएकाले हत्या भएको आशंकामा  रोहीत मान राईका नाममा किटानी जाहेरी दिएको मृतकका बाबु रामबहादुर दनुवारले बताउनुभयो ।

अपराध अनुसन्धानमा पहिलो सबुतको रुपमा घटनास्थलमा प्राप्त हुने प्रमाणलाई लिइन्छ । यस्ता प्रमाण संकलनका लागि विशेषज्ञता भएका प्रहरी कर्मचारी घटनास्थलमा खटिनुपर्छ । तर, कतिपय अवस्थामा विशेषज्ञ प्रहरी घटनास्थलमा पुग्दैनन् । जसले गर्दा त्यहाँ उपलब्ध प्रमाण संकलन हुँदैनन् । ती प्रमाणको आवश्यक विश्लेषण हुन नसक्दा अपराध अनुसन्धान असफल हुन्छ । घटनास्थलबाट प्रमाण संकलनमा कमजोरी भयो भने वर्षौंसम्म पनि अपराधी पत्ता लाग्न सक्दैन । अपराध अनुसन्धानको क्रममा पीडित परिवारलाई मनोवैज्ञानिक रुपमा प्रहरीबाट ढाडस दिने काम पनि हुनु पर्छ । पीडित परिवारले आफ्नो महत्वपूर्ण सदस्य गुमाएको हुन्छ । उनीहरु गम्भीर पीडामा हुन्छन् । घटनाको अनुसन्धानमा जोडिएको प्रहरीले पीडित परिवारलाई पनि अनुसन्धान कार्यमा जोड्नुपर्छ अनिमात्र सफल अनुसन्धान हुन सक्छ ।

यस्तो छ घटनाको विवरण

काँभ्रे जिल्ला पाँचखाल नगर पालिका वडा नं. १२ स्थित कर्केटार बस्ने राम बहादुर दनुवारको छोरा वर्ष ४५ को ज्ञान बहादुर दनुवार मिति २०७७÷११÷१० गते कामको शिलशिलामा साढु्दाई रोहीत मान राईसंग भुम्लूटार वडा नं. ८ स्थित उप्रेति गाउमा घर वाईरिङ गर्न गएको । वायरीङ गर्ने क्रममा द्रोस्रोदिनको साँझ काम पछि दुबैजना पसलमा गई खाजा नास्ता गरि फर्कने क्रममा साथमा रक्सी ल्याएको र करिव राती ११ बजे सम्म कुराकानी गर्दै पसलबाट ल्याएको रक्सी सगै खाए पछि सगै सुतेको र करिव २ घण्टापछि जेठान राईले मृतकलाई नदेखेको र भोली पल्ट विहान घरबेटीले रोहितलाई साथी खोई भन्दै उठाउन गएको त्यसपछि साथीले खोज्नेक्रममा घर मुनी रहेको कोटमेरोको बोटमा झुण्डीएको अवस्थामा फेला परेपछि घर परिवारलाई खवर गरिएको थियो । मृतकका परिवार घटना स्थलमा पुग्दा स्थानिय र प्रहरी पुगिसकेका पाईयो । मृतकका आफ्नले घटना प्रति आक्रोश ब्यक्त गर्दै सत्यतथ्य छानविनगर्न प्रहरीको टोलिसंग विषेश किसिमको अनुसन्धानको लागि तालिम प्राप्त कुकुर प्रयोगगर्न माग गरेको । त्यसको २ घण्टापछि जिल्लाबाट डिएसपीको टोलि डाक्टर सहित घटना स्थल पुगेको तर पीडितको माग भने घटनामा प्रहरीको कुकुर प्रयोग गरिनुपर्ने रहेको थियो । डिएसपीको टोलिले अनुन्धानको लागि कुकुर ल्याउन असम्भव भएको भन्दै आनकानी गरि बसेको र कुकुर प्रयोग गर्न सम्वन्धीत निकायमा जिल्लाको प्रहरीले खवर नगरेको । काठमाडौंमा कुृकुर नभएको भन्दै हेटौडाबाट कुकुर ल्याउनुपर्छ भन्दै कुरा टारेको । प्रहरी र डाक्टरको राय सल्लाह अनुसार पोष्र्टमार्डमबाट पनि घटनाको छानवीन गर्न सकिन्छ भन्दै स्थानियको माग अनुसार मुचुल्का उठाउन दिएको । किटानी जाहेरी दिएको ३ दिन पछि मात्र प्रहरीले दर्ता गरेको ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

के दुवईको अन्त्य हो यो ?

ट्रम्प सहयोगी राष्ट्रप्रति आक्रोशित : हर्मुज जलडमरूमध्य खोल्न सहायता नदिएकोमा आलोचना

सम्बन्धित

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

भ्रष्टाचार मुद्दाबाट जोगिन अन्डरवर्ल्डदेखि तान्त्रिकसम्म प्रयोग गरेको आरोप

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com