ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु


एबीसी / संवाददाता

काठमाडौं, ९ फागुन । म्यानमारमा सैनिक ‘कू’को विरोध गर्नेहरुमाथि सुरक्षा बलले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । शनिबार सुरक्षाकर्मीले देशको दोस्रो ठूलो शहर माण्डलेमा गोली चलाउँदा दुई जना प्रदर्शनकारीको मृत्यु भएको हो ।यसअघि पनि प्रदर्शनकारीको एक र्‍यालीमा सुरक्षाकर्मीले गोली चलाउँदा एक महिलाको मृत्यु भएको थियो ।फ्रिन्टियर म्यानमारको रिपोर्ट अनुसार माण्डलेमा सुरक्षाकर्मीले चलाएको गोली टाउकोमा लागेर एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको छ । छातीमा गोली लागेका अर्का एक व्यक्तिको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।गत माघ १९ मा म्यानमारको सेनाले राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकी लगायतका नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएको थियो । त्यसलगत्तै सुरु भएको विरोध प्रदर्शन रोकिएको छैन ।पछिल्लोपटक बन्दरगाहका कर्मचारीहरु पनि सैनिक सरकारको विरोधमा उत्रिएका छन् । उनीहरुले जननिर्वाचित सरकारलाई सत्ता नसुम्पिएसम्म काम नगर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सोमबार

काठमाडौं, २३ फागुन  ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको छ

सभामुखबाट परामर्श नभएकामा प्रधानमन्त्रीको असन्तुष्टि

काठमाडौं, २३ फागुन  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा देखिएको व्यवहारप्रति गम्भीर असन्तुष्टि प्रकट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ सम्पन्न

बहिष्कार र नाराबाजीपछि संसद् बैठक २६ गतेसम्मका लागि स्थगित

काठमाडौं, २३ फागुन  ।  पुनर्स्थापनापछि बसेको प्रतिनिधि सभाको पहिलो बैठक नै तनावपूर्ण बनेको छ । केहीबेर बसेको बैठक फेरि बस्ने अवस्था नभएपछि २६ गते बुधबारसम्मका

सम्बन्धित

पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

सेनाले कू गरेपछि भारतमा शरणार्थी बन्न आए म्यानमारका प्रहरी

‘जेलमा मृत्युदण्ड पर्खिरहेकी महिलाको मुस्कुराइरहेको तस्बिर भाइरल भएपछि प्रहरीलाई फसाद

म्यानमारमा प्रदर्शन हिंसात्मक बन्दै : सेनाको आक्रमणबाट एकैदिन ३८ प्रदर्शनकारीको मृत्यु

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप

म्यानमारमा प्रदर्शनकारीमाथि गोली प्रहार : १८ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com