ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गलवान झडपमा आफ्ना ५ जना सैनिक मारिएको चीनद्वारा स्वीकार


एबीसी / संवाददाता

काठमाडौँ, ७ फागुन । चीनले पहिलो पटक गत वर्ष लद्दाखको गलवान उपत्यकामा भारतीय सेनासँगको झडपमा परी आफ्ना ५ जना सैनिक मारिएको स्वीकार गरेको छ ।
चिनियाँ सरकारी समाचारपत्र ग्लोबल टाइम्सले चिनियाँ जनमुक्ति सेना (पीएलए) को आधिकारिक अखबार पीएलए डेलीलाई उद्धृत गर्दै झडपमा चिनियाँ सैनिकको मृत्युको बारेमा जानकारी दिएको हो । ग्लोबल टाइम्सका अनुसार पीएलए डेलीले ‘आफ्नो सम्प्रभुता रक्षाका क्रममा बलिदानी दिने सैनिकलाई श्रद्धाञ्जली दिनका लागि’ भन्दै मृत्यु भएका सैनिकका बारेमा जानकारी खुलाएको छ । चीनको सेन्ट्रल मिलिटरी कमिसनले काराकोराम पहाडमा ५ जना सैनिकको पहिचान भएको र उनीहरुलाई विभिन्न पदवीबाट सम्मानित गरिएको पीएलएले जानकारी गराएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
रिपोर्टमा पहिलो पटक चिनियाँ सेनाले गलवान झडपका बारेमा विस्तृत जानकारी दिएको छ । ‘त्यहाँ भारतीय सैनिक ठूलो संख्यामा उपस्थित थिए । उनीहरुले चिनियाँ सेनालाई पछाडि हट्न बाध्य पारेका थिए,’ रिपोर्टमा भनिएको छ । चिनियाँ सेनाले स्टिलको रड, किला र पत्थरबाट आक्रमण गरी मुलुकको सम्प्रभुता जोगाएको पनि पीएलएले उल्लेख गरेको छ । पीएलए डेलीको रिपोर्टमा लेदिएको छ, ‘२०२० को अप्रिलपछि विदेशी सेनाले सम्झौताको उल्लंघन गऱ्यो ।

सीमाको यथास्थिति परिवर्तन हुने गरी सडक र पुल बनाउँदै सीमा पार गरी उनीहरुले उक्साउने काम गरे । कुराकानी गर्न भनेर पठाइएका उनीहरुले चिनियाँ सेनामाथि आक्रमण पनि गरेका थिए ।’अखबारले एक सैनिक चेन सियाङरोङको डायरी पनि उद्धृत गर्दै लेखेको छ, ‘दुश्मनको संख्या निकै धेरै रहेको सैनिकले आफ्नो डायरीमा लेखका छन् । उनले भनेका छन्, ‘तर हामीले घुँडा टेकेनौं, ढुंगाले हानेर उनीहरुलाई हामीले भगायौं ।’गत वर्षको जुन १५ मा भएको भारत–चीन झडप पछिल्लो चार दशकयताकै गम्भीर भएको बताइएको थियो । झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । भारतले आफ्नोतर्फ भएको क्षतिका बारेमा जानकारी दिए पनि चीनले भने केही भनेको थिएन । भारतीय पक्षले चीनतर्फ पनि ठूलो क्षति भएको दाबी गर्दै आएको थियो ।भारत र चीनबीच चार हजार किलोमिटरभन्दा लामो सीमा छ । केही भूभागमा दुई मुलुकबीच दशकौंदेखि विवाद रहँदै आएको छ । सीमालाई नै लिएर सन् १९६२ मा दुई देशबीच युद्धसमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com