ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

म्यानमारमा सेना र प्रहरीले दु:ख दिन थालेपछि नागरिकद्वारा रातभर गस्ती


एबीसी / संवाददाता

काठमाडौं, ४ फागुन । म्यानमारमा सैनिक शासनका कारण तनाव बढ्दै गएपछि सेना, प्रहरी र उनीहरूले खटाएका व्यक्तिहरूबाट निर्दोष जनतालाई पीडित हुन नदिन नागरिकहरूले रातभर गस्ती गर्न थालेका छन् ।

स्थानीयहरूलाई सैनिक सरकारले जेलबाट रिहा गरेका व्यक्तिमार्फत् सुराकी गर्ने र तनाव दिन थालेपछि यो रणनीति लिइएको नेशनल लिग फर डेमोक्र्यासी ९एनएलडी० समर्थक नेता तथा कार्यकर्ता हरूले बताएका छन् ।

सेनाले नागरिक नेता आङ सान सुकीलाई फेब्रुअरी १ मा हिरासतमा लिएर उहाँको सरकारलाई हटाएपछि बनेको सेनाको निकट मानिने सैनिक जुन्ता समूहको सरकारले सयौं मानिसहरूलाई बन्दी बनाएको छ । सरकारको कदमविरूद्ध सडकमा नागरिक अवज्ञा अभियानलाई रोक्न सेनाले सहर तथा गाउमा पसी प्रभावशाली व्यक्तिलाई पक्राउ गर्न थालेको र यसलाई असफल बनाउन एनएलडीले आफ्ना नेता, शुभचिन्तक तथा मतदातालाई निर्देशन गरेको छ ।

प्रतिक्रियावरूप म्यानमारका समुदायहरूबाट रातको समयमा नेता तथा कार्यकर्ताको गिरफ्तार हुन नदिनको लागि विभिन्न समूहहरू बनाएर गस्ती बढाएका छन् ।

“हामी अवश्य पनि डराएका छौं किनकि उनीहरू सशस्त्र छन् तर हामी हरेक रात आफ्नो निगरानी जारी राख्नेछौं,” याङ्गोनका सडकमा गस्तीमा खटिएका एक यूवा म्यो को कोले एएफपीलाई बताउँनुभयो । “हामी कसैलाई पनि विनाकारण पक्राऊ गर्न दिनेछैनौ ।”

जुन्ता समूहले जेलमा रहेका कैदीहरूलाई रिहा गरी समुदायमा सैनिक सरकारको पक्षमा अभिमत सिर्जना गर्न पठाइएको सामाजिक सञ्जालहरूमा फैलिएको हल्लापछि प्रजातन्त्र पक्षधर अभियन्ताहरू गस्तीमा निस्केका एनएलडीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले फेरि थप्यो कोरोनाबाट ज्यान गुमाउने ८२ जनाको विवरण, मृतकको संख्या २ हजार ७६७ पुग्यो

काठमाडौं, १३ फागुन । सरकारले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका ८२ जनाको विवरण थप गरेको छ । बुधवार ६ सय १८ जनाको विवरण थपेको

नेकपा नफुटेसम्म सत्ता समीकरणमा प्रवेश नगर्ने काँग्रेसको निर्णय

काठमाडौं, १३ फागुन । नेपाली काँग्रेसले सत्ता समीकरणबारे छलफल गर्ने समय आइनसकेको निस्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकले

राष्ट्रपतिद्वारा हेमबहादुर मल्ल सम्मान प्रदान

काठमाडौं, १३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७५ को हेमबहादुर मल्ल सम्मान वरिष्ठ छातीरोग विशेषज्ञ डा गौरीशङ्करलाल दासलाई प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन

सम्बन्धित

जोन्सनको खोप एक डोज मात्रै लगाए पुग्ने

अमेरिकामा कोरोना : पाँच लाखभन्दा धेरैले ज्यान गुमाए, पाँच दिन राष्ट्रिय झण्डा आधा झुकाइँदै

म्यानमारमा सैन्य ‘कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन

मेक्सिकोमा सैन्य विमान दुर्घटना, ६ जनाको मृत्यु

भारतमा १ करोड १० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com