ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनयुद्ध गणतन्त्र स्थापनाको ठूलो पाठशाला : गृहमन्त्री थापा


एबीसी / संवाददाता
फाल्गुन १, २०७७ शनिबार  ५ : १४ बजे

काठमाडौ, १ फागुन ।  गृहमन्त्री रामबहादुर थापाले जनयुद्ध नेपालमा गणतन्त्र स्थापनाको ठूलो पाठशाला भएको बताउनुभएको छ । जनयुद्धको आधारमा टेकेर नै मुलुकमा गणतन्त्र स्थापना भएको जिकिर गर्दै उहाँले नेपालको जनक्रान्ति र गणतन्त्र स्थापनाका लागि जनयुद्धको महत्वपूर्ण योगदानलाई भुल्न नहुनेमा जोड दिनुभयो ।

राजधानीमा २६औँ जनयुद्ध दिवसका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ केन्द्रीय समितिद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले जनतालाई जागरण दिन सफल अभियानका रूपमा जनयुद्धलाई लिनुपर्ने उल्लेख गर्नुभयो ।

गृहमन्त्री थापाले भन्नुभयो, “जनयुद्ध उत्पादनकर्ता पनि थियो, यसले लाखौँ युवालाई क्रान्तिका निम्ति तयार पा¥यो, यो एउटा ठूलो पाठशाला थियो, जसले देशलाई नेतृत्व गर्ने नेता कार्यकर्ता उत्पादन ग¥यो ।” जनयुद्धलाई एकतर्फबाट मात्रै बुझन् नहुनेमा जोड दिँदै उहाँले विभिन्न कोणबाट बुझन्पर्ने सुझाव दिनुभयो । उहाँले नेपालको जनक्रान्तिमा निर्णायक भूमिका जनयुद्धको रहेको तर त्यसअघिका धेरै जनवादी क्रान्ति असफल भएको जिकिर गर्नुभयो ।

विसं २००७ मा नेपाली काँग्रेसको नेतृत्वमा सशस्त्र आन्दोलन गरेर राणा शासनलाई विस्थापित गरेको भए पनि जनवादी क्रान्तिलाई पूर्णता दिन नसकेको र पछि धेरै वामपन्थी शक्तिले गरेको प्रयास पनि असफल भएको मन्त्री थापाले बताउनुभयो । उहाँले तत्कालीन राजनीतिक दलले जनआन्दोलनबाट नै लोकतान्त्रिक क्रान्ति पूरा गर्न सकिन्छ भनेर विसं २०३६ र २०४६ मा गरेको प्रयाससमेत सफल हुन नसकेको जिकिर गर्नुभयो । ती आन्दोलनको उपलब्धि भने भएको उहाँको विचार थियो ।

विसं २०४६ को आन्दोलनपश्चात गणतन्त्र स्थापनाका लागि ठूलो बहस भएसँगै नेकपा माओवादी सङ्गठनको जन्म भएको र त्यसले जनवादी विचारलाई प्रयोगतर्फ लगेको उहाँले बताउनुभयो । त्यसपछि वर्गसङ्घर्षको निष्कर्षका साथ विसं २०५२ फागुन १ गते सशस्त्र सङ्घर्ष शुरु गरेको उहाँले जानकारी दिनुभयो ।

शान्तिपूर्ण र सङ्घर्षात्मक रूपलाई संयोजन गरेर आन्दोलन शुरु भएको र त्यसैको प्रतिफल विसं २०६२÷६३ का आन्दोलनले गणतन्त्र ल्याएको उहाँले बताउनुभयो । उहाँले जनयुद्धका नाममा प्राण आहुति दिने शहीदप्रति श्रद्धाञ्जलि र बेपत्ताप्रति सम्मान प्रदान गर्दै घाइते तथा अपाङ्गता भएकाको स्वास्थ्यलाभको कामना गर्नुभयो ।

हिजोबाट परिस्थिति फरक भएको र समाजवादी क्रान्तितर्फ मुलुक अघि बढेको उल्लेख गर्दै मन्त्री थापाले त्यसको नेतृत्व जनताले राजनीतिक नेतालाई दिएको बताउनुभयो । अब समाजवादी क्रान्तिका लागि सशस्त्र स्वरुपको अभ्यास गर्नु जरुरी नरहेकाले शान्तिपूर्ण तवरबाट समाजवादी क्रान्ति अघि बढाउनु जरुरी रहेको बताउनुभयो । उहाँले यसमा प्रतिक्रियावादी वर्गले प्रतिरोध गर्नैतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

सम्बन्धित

भ्रष्टाचार मुद्दाबाट जोगिन अन्डरवर्ल्डदेखि तान्त्रिकसम्म प्रयोग गरेको आरोप

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

चितवनमा ‘हनी ट्रयाप’मा संलग्न भएको आरोपमा २ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com