ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

प्रचण्ड-नेपाल माइतीघरको धर्नामा सहभागी , २३ गते ओलीले हिन्दु राष्ट्र घोषणा गर्छन् भन्ने चर्चा चल्दैछ – पाण्डे (फोटोफिचर)


एबीसी / संवाददाता

काठमाडौं, १८ माघ । संसद विघटनको विरोधमा माइतीघरमा जारी धर्नामा नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपाल पनि सहभागी हुनुभएको छ । धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी हुनुहुन्छ । संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड–माधव समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ । धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरु सहभागी छन् ।

नेकपा प्रचण्ड(नेपाल पक्षकी स्थायी कमिटी सदस्य तथा विघटित प्रतिनिधि सभा सदस्य पम्फा भुसालले असंवैधानिक रूपमा संसद विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउनको निम्ति धर्ना बसेको बताउनुभयो । संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाको निम्ति धर्ना बसेको उहाको भनाइ छ। विघटित प्रतिनिधि सभाका सदस्य झलनाथ खनालले जनताले आफ्नो प्रतिनिधिमार्फत् बनाएको संविधानमाथि हस्तक्षेप भएको हुँदा आमजनता धर्नामा बस्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । संविधानको रक्षा गर्न र जनतालाई संविधानको रक्षाको निम्ति आउने विश्वासका साथ धर्नामा बसेको उहाको भनाइ छ। नेकपा प्रचण्ड नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ।

यसैवीच नेकपा प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली राजावादीहरुको भीडमा बसेर उल्टो बाटो हिँड्न खोजेको आरोप लगाउनुभयो । प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार माइतीघर मण्डलामा आयोजित धर्नालाई सम्बोधन गर्दै नेता पाण्डेले ओलीमाथि हिन्दु राज्य बनाउने कोशिस गरेको आरोप समेत लगाउनुभयो । केही दिन पहिले पशुपतिनाथको पूजा गर्न गएको र शनिबार चितवनमा पुगेर राम मन्दिर बनाउने घोषणा गरेको भन्दै उहाले भन्नुभयो , ‘अब ओली कम्युनिस्ट आन्दोलन अगाडि बढाउन होइन, नयाँ मठाधीश बनेर धर्मको कुरा गरेर जनतालाई अलमल्याउन सकिन्छ भनेर कुचेष्टा गरिरहेका छन् ।’ ‘यही २३ गते ओलीले हिन्दु राष्ट्र घोषणा गर्छन् भन्ने चर्चा चल्दैछ । ओली यो बाटोमा लाग्न सक्छन्’ उहाँले भन्नुभयो । ओली समूहले २३ माघमा काठमाडौंमा आमसभा गर्दैछ ।

फोटो: ध्रुव अधिकारी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान

गण्डकी, १७ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ७५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताउनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको आज

म माथि शारीरिक हमला हुन सक्छ, ज्यान तलमाथि भयो भने अनौठो नमान्नु : प्रधानमन्त्री ओली

काठमाडौं, १७ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने जोखिम रहेको बताउनुभएको छ ।पोखरामा भएको अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले आफूले

मन्त्रिपरिषद बैठक फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं, १७ फागुन । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अपरान्ह ४ बजे प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ

सम्बन्धित

राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान

म माथि शारीरिक हमला हुन सक्छ, ज्यान तलमाथि भयो भने अनौठो नमान्नु : प्रधानमन्त्री ओली

मन्त्रिपरिषद बैठक फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने प्रचण्ड–माधव समूहको निर्णय : मिति भने तोकिएन

“गोबेल्सहरुको सुरक्षामा बसेर यी हिटलरहरु गणतन्त्रलाई अपहरण गर्ने पक्षमा छन्”

प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक संसदीय दलको कार्यालय सिंहदरवारमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com