ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले आफ्नो देशबारे जस्तोसुकै टिप्पणी गरे पनि आफूले प्रतिकूल टिप्पणी नगर्ने : भारतीय रक्षामन्त्री


एबीसी / संवाददाता

काठमाडौं,६ माघ ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको भन्दै भारतको आलोचना भइरहेका बेला भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग शत्रुता कल्पना पनि गर्न नसकिने बताउनु भएको छ । भारतीय टेलिभिजन आजतकमा पत्रकार प्रभु चावलासँगको अन्तर्वार्तामा मन्त्री सिंहले ज्ञवाली फर्केकै दिन त्यस्तो धारणा ब्यक्त गर्नुभएको हो  । ‘नेपालसँगको शत्रुता आफूले कुनै पनि अवस्थामा कल्पना गर्न सकिँदैन,’ जनस्तरमा प्रगाढ सम्बन्ध भए पनि सरकारसँग त छैन नि भन्ने प्रश्नमा उहाको जवाफ थियो । मन्त्री ज्ञवाली गत साता परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त बैठकका लागि दिल्ली जानु भएको थियो  । दिल्लीमा रहँदा नेपाली पक्षले मोदीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेट्ने प्रयास भने असफल रह्यो । मोदीले भेट नदिएको भन्दै नेपालमा भारतको चर्को विरोध भइरहेको छ । तर, ज्ञवालीले दिल्ली फर्किनुअघि सिंहसँग भने भेटवार्ता गर्नुभएको थियो । ज्ञवाली र सिंहको भेटलाई दुवै पक्षले सौहार्दपूर्ण भएको बताएका छन् । सिंहलाई नेपाल मामिलाका जानकारका रूपमा समेत लिइन्छ । सिंहले नेपाल छिमेकी मात्र नभएर भाइ पनि भएकाले नेपालले भारतका बारेमा जस्तोसुकै टिप्पणी गरे पनि आफूले प्रतिकूल टिप्पणी नगर्ने सोमबारको अन्तर्वार्तामा  बताउनु भएको हो । ‘नेपालसँग धेरै नै प्रगाढ सांस्कृतिक सम्बन्ध छ । नेपाल हाम्रो छिमेकी मात्र नभएर भाइ पनि हो । त्यसैले नेपालले हाम्रोबारेमा जे टिप्पणी गरे पनि म कुनै पनि प्रतिकूल टिप्पणी गर्न सक्दिनँ,’ उहाले भन्नु भएको छ ।

भारतले वैशाख २६ मा नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्र्याकको उद्घाटन गरेपछि दुवै छिमेकीबीच तनाव चुलिएको हो । उक्त सडक नेपालको भूमिमा निर्माण गरिएको भन्दै नेपालमा व्यापक विरोध भएको थियो । नेपालमा चर्को विरोध भएपछि उनले त्यतिबेला पनि नेपाललाई कुनै आरोपप्रत्यारोप लगाउने पक्षमा आफू नभएको बताएका थिए । तर, भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले भने नेपालले चीनको इसारामा विरोध गरेको अभिव्यक्ति दिएका दिनु भएको थियो । त्यसपछि दुई मुलुकबीचको सम्बन्ध थप तनावपूर्ण बन्न पुगेको हो । रक्षामन्त्री सिंहले गत वैशाखमा पनि दाजुभाइका बीचका कहिलेकाहीँ मनमुटाव हुनु स्वाभाविक भएको र त्यसलाई संवादबाट हल गर्न सकिनेसमेत जिकिर गर्नुभएको थियो । त्यसैगरी उहाले नेपालप्रति कुनै पनि भारतीयको मनमा कटुता नरहेको र त्यस्तै नेपालीको मनमा समेत नरहेको भन्दै दुई देशबीच भावनात्मक सम्बन्ध रहेको बताउनुभएको थियो । मन्त्री सिंहले दाजुभाइमा अविश्वास सिर्जना भयो भने पनि त्यसलाई बातचितबाट समाधान गर्न सकिने समेत बताउनुभयो । ‘हाम्रो भाइ केही विषयलाई लिएर रिसाउँछ वा कुनै अविश्वास पैदा हुन्छ भने पनि ऊसँग बसेर बातचित गरेर सम्झाउँछौं, मनाउँछौं र उसलाई माया दिन्छौं किनभने ऊ हाम्रो परिवार हो,’ उहाले भन्नुभयो। दाजुभाइको सम्बन्ध भनिए पनि केही समययता चीनसँग मिलेर भारतका सम्बन्धमा नकारात्मक टिप्पणी आइरहेका छन् नि ? भन्ने प्रश्नमा मन्त्री सिंहले त्यस्ता टिप्पणी जनताबाट नभएर केही नेताहरूबाट गरिएको बताउनुभयो । ‘कसैले भन्यो होला । तर, भाइभाइबीचमा जग्गाका लागि झगडा भयो भन्दैमा एकअर्कालाई गोली त चलाउँदैनन् । त्यसैले समस्या छ भने बसेर समाधान निकाल्न सकिन्छ,’ नेपालका प्रधानमन्त्रीले समेत विरोध गरेका छन् त भन्ने प्रश्नमा उनको जवाफ थियो । साथै उहाले दुई देशबीच रोटी–बेटीको सम्बन्ध भएको बिर्सन नहुने पनि बताउनुभयो । ‘हामी यो रोटीबेटीको सम्बन्धलाई कहिल्यै टुट्न दिन्नौं,’ उहाले अन्तर्वार्तामा भन्नुभएको छ  । त्यसैगरी उनले नेपालसँग सांस्कृतिक, सामाजिक मात्र नभएर विविध प्रकारको सम्बन्ध भएको समेत जिकिर गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com