ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले आफ्नो देशबारे जस्तोसुकै टिप्पणी गरे पनि आफूले प्रतिकूल टिप्पणी नगर्ने : भारतीय रक्षामन्त्री


एबीसी / संवाददाता
माघ ६, २०७७ मंगलबार  १२ : ०६ बजे

काठमाडौं,६ माघ ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको भन्दै भारतको आलोचना भइरहेका बेला भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग शत्रुता कल्पना पनि गर्न नसकिने बताउनु भएको छ । भारतीय टेलिभिजन आजतकमा पत्रकार प्रभु चावलासँगको अन्तर्वार्तामा मन्त्री सिंहले ज्ञवाली फर्केकै दिन त्यस्तो धारणा ब्यक्त गर्नुभएको हो  । ‘नेपालसँगको शत्रुता आफूले कुनै पनि अवस्थामा कल्पना गर्न सकिँदैन,’ जनस्तरमा प्रगाढ सम्बन्ध भए पनि सरकारसँग त छैन नि भन्ने प्रश्नमा उहाको जवाफ थियो । मन्त्री ज्ञवाली गत साता परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त बैठकका लागि दिल्ली जानु भएको थियो  । दिल्लीमा रहँदा नेपाली पक्षले मोदीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेट्ने प्रयास भने असफल रह्यो । मोदीले भेट नदिएको भन्दै नेपालमा भारतको चर्को विरोध भइरहेको छ । तर, ज्ञवालीले दिल्ली फर्किनुअघि सिंहसँग भने भेटवार्ता गर्नुभएको थियो । ज्ञवाली र सिंहको भेटलाई दुवै पक्षले सौहार्दपूर्ण भएको बताएका छन् । सिंहलाई नेपाल मामिलाका जानकारका रूपमा समेत लिइन्छ । सिंहले नेपाल छिमेकी मात्र नभएर भाइ पनि भएकाले नेपालले भारतका बारेमा जस्तोसुकै टिप्पणी गरे पनि आफूले प्रतिकूल टिप्पणी नगर्ने सोमबारको अन्तर्वार्तामा  बताउनु भएको हो । ‘नेपालसँग धेरै नै प्रगाढ सांस्कृतिक सम्बन्ध छ । नेपाल हाम्रो छिमेकी मात्र नभएर भाइ पनि हो । त्यसैले नेपालले हाम्रोबारेमा जे टिप्पणी गरे पनि म कुनै पनि प्रतिकूल टिप्पणी गर्न सक्दिनँ,’ उहाले भन्नु भएको छ ।

भारतले वैशाख २६ मा नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्र्याकको उद्घाटन गरेपछि दुवै छिमेकीबीच तनाव चुलिएको हो । उक्त सडक नेपालको भूमिमा निर्माण गरिएको भन्दै नेपालमा व्यापक विरोध भएको थियो । नेपालमा चर्को विरोध भएपछि उनले त्यतिबेला पनि नेपाललाई कुनै आरोपप्रत्यारोप लगाउने पक्षमा आफू नभएको बताएका थिए । तर, भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले भने नेपालले चीनको इसारामा विरोध गरेको अभिव्यक्ति दिएका दिनु भएको थियो । त्यसपछि दुई मुलुकबीचको सम्बन्ध थप तनावपूर्ण बन्न पुगेको हो । रक्षामन्त्री सिंहले गत वैशाखमा पनि दाजुभाइका बीचका कहिलेकाहीँ मनमुटाव हुनु स्वाभाविक भएको र त्यसलाई संवादबाट हल गर्न सकिनेसमेत जिकिर गर्नुभएको थियो । त्यसैगरी उहाले नेपालप्रति कुनै पनि भारतीयको मनमा कटुता नरहेको र त्यस्तै नेपालीको मनमा समेत नरहेको भन्दै दुई देशबीच भावनात्मक सम्बन्ध रहेको बताउनुभएको थियो । मन्त्री सिंहले दाजुभाइमा अविश्वास सिर्जना भयो भने पनि त्यसलाई बातचितबाट समाधान गर्न सकिने समेत बताउनुभयो । ‘हाम्रो भाइ केही विषयलाई लिएर रिसाउँछ वा कुनै अविश्वास पैदा हुन्छ भने पनि ऊसँग बसेर बातचित गरेर सम्झाउँछौं, मनाउँछौं र उसलाई माया दिन्छौं किनभने ऊ हाम्रो परिवार हो,’ उहाले भन्नुभयो। दाजुभाइको सम्बन्ध भनिए पनि केही समययता चीनसँग मिलेर भारतका सम्बन्धमा नकारात्मक टिप्पणी आइरहेका छन् नि ? भन्ने प्रश्नमा मन्त्री सिंहले त्यस्ता टिप्पणी जनताबाट नभएर केही नेताहरूबाट गरिएको बताउनुभयो । ‘कसैले भन्यो होला । तर, भाइभाइबीचमा जग्गाका लागि झगडा भयो भन्दैमा एकअर्कालाई गोली त चलाउँदैनन् । त्यसैले समस्या छ भने बसेर समाधान निकाल्न सकिन्छ,’ नेपालका प्रधानमन्त्रीले समेत विरोध गरेका छन् त भन्ने प्रश्नमा उनको जवाफ थियो । साथै उहाले दुई देशबीच रोटी–बेटीको सम्बन्ध भएको बिर्सन नहुने पनि बताउनुभयो । ‘हामी यो रोटीबेटीको सम्बन्धलाई कहिल्यै टुट्न दिन्नौं,’ उहाले अन्तर्वार्तामा भन्नुभएको छ  । त्यसैगरी उनले नेपालसँग सांस्कृतिक, सामाजिक मात्र नभएर विविध प्रकारको सम्बन्ध भएको समेत जिकिर गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com