ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामसङका उपाध्यक्ष छोङ योङलाईलाई दुई वर्षको जेल सजाय


एबीसी / संवाददाता
माघ ६, २०७७ मंगलबार  ९ : ३१ बजे

काठमाडौं,६ माघ । सामसङका मुख्य लगानीकर्ता तथा उपाध्यक्ष ई छोङ योङलाई साढे दुई वर्षको जेल सजाए भएको छ । सोमबार यहाँको उच्च अदालतले आफ्नो कम्पनीलाई फाइदा पुर्‍याउन घूस दिएको आरोपमा उनलाई जेल सजाए दिएको हो । गत वर्ष अक्टोबरमा उनको बुबा सामसङ कम्पनीका अध्यक्ष ई कोन हुईको निधन भएपछि उनी नै अध्यक्ष बन्ने निश्चित जस्तै थियो । सन् २०१४ मा हुई विरामी भएपछि नै कम्पनीलाई योङले नै नेतृत्व गर्दै आएका छन् ।

उनलाई सन् २०१७ को फेबु्रअरीमा पार्क ग्युन हे राष्ट्रपति हुँदा सामसङलाई फाइदा पुर्‍याउन ३० अर्ब वन भन्दा बढि घूस दिएको आरोपमा पक्राउ गरिएको थियो । उनलाई जिल्ला अदालतले पाँच वर्ष जेल साजाए सुनाएको भए पनि सन् २०१८ मा उच्च अदालतले सजाए काम गर्दै जेलमुक्त गरेको थियो ।

सामसङ कम्पनीमा कोरिया भरि मात्रै ३ लाख भन्दा बढी मानिसहरु प्रत्यक्ष रुपमा काम गर्छन् । कम्पनीले कोरियाली अर्थतन्त्रको २० प्रतिशत कर्पोरेट कर तिर्ने कोरियाली अंग्रजी दैनिक कोरिया हेराल्डले लेखेको छ । संसारभरि नै सञ्चार क्षेत्रमा राम्रो पकट बनाउँदै गएको कम्पनीको मुख्य नेतृत्वकर्तालाई जेल सजाए भएपछि कसरी कम्पनीको व्यवस्थापन हुन्छ भन्ने मुख्य चासोको रुपमा हेरिएको छ ।

कोरियाली चेम्बर अफ कमर्स तथा इन्डस्ट्री (केसीसीआई) र कोरियाली औद्योगिक संघ (एफकेआई) लगायत अन्य व्यापारिक संघसंस्थाले सामसङ जस्तो विश्व भरि नै प्रभुत्व जमाएको कम्पनीको मुख्य व्यक्तिलाई जेल पठाउँदा कोरियाली अर्थतन्त्रलाई नै घाटा हुने जनाएका छन् ।एफकेआईले एक विज्ञप्ती प्रकाशित गर्दै भनेको छ, ‘ईलाई जेल पठाउँदा सामसङलाई नेतृत्व दिने मानिसको अभावमा विश्वभर रहेको सामसङ कम्पनीलाई असर पर्नेछ साथै प्रत्यक्ष रुपमा कोरियाली अर्थतन्त्रलाई पनि ।’ यहाँको व्यवसायिक संगठनहरुले उच्च उदालतमा ईको रिहाइको माग गर्दै सोमबारै निवेदन पनि दर्ता गरेका छन् ।ईले भने आफूले कुनै गल्ति नगरेको बताएका छन् । उनले गलत बुझाइका कारण यस्तो समस्या आएको बताउँदै आएका छन् । सोमबार उनले अदालतमा भने आफ्नो कुनै विशेष भनाइ नरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com