ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

सामसङका उपाध्यक्ष छोङ योङलाईलाई दुई वर्षको जेल सजाय


एबीसी / संवाददाता

काठमाडौं,६ माघ । सामसङका मुख्य लगानीकर्ता तथा उपाध्यक्ष ई छोङ योङलाई साढे दुई वर्षको जेल सजाए भएको छ । सोमबार यहाँको उच्च अदालतले आफ्नो कम्पनीलाई फाइदा पुर्‍याउन घूस दिएको आरोपमा उनलाई जेल सजाए दिएको हो । गत वर्ष अक्टोबरमा उनको बुबा सामसङ कम्पनीका अध्यक्ष ई कोन हुईको निधन भएपछि उनी नै अध्यक्ष बन्ने निश्चित जस्तै थियो । सन् २०१४ मा हुई विरामी भएपछि नै कम्पनीलाई योङले नै नेतृत्व गर्दै आएका छन् ।

उनलाई सन् २०१७ को फेबु्रअरीमा पार्क ग्युन हे राष्ट्रपति हुँदा सामसङलाई फाइदा पुर्‍याउन ३० अर्ब वन भन्दा बढि घूस दिएको आरोपमा पक्राउ गरिएको थियो । उनलाई जिल्ला अदालतले पाँच वर्ष जेल साजाए सुनाएको भए पनि सन् २०१८ मा उच्च अदालतले सजाए काम गर्दै जेलमुक्त गरेको थियो ।

सामसङ कम्पनीमा कोरिया भरि मात्रै ३ लाख भन्दा बढी मानिसहरु प्रत्यक्ष रुपमा काम गर्छन् । कम्पनीले कोरियाली अर्थतन्त्रको २० प्रतिशत कर्पोरेट कर तिर्ने कोरियाली अंग्रजी दैनिक कोरिया हेराल्डले लेखेको छ । संसारभरि नै सञ्चार क्षेत्रमा राम्रो पकट बनाउँदै गएको कम्पनीको मुख्य नेतृत्वकर्तालाई जेल सजाए भएपछि कसरी कम्पनीको व्यवस्थापन हुन्छ भन्ने मुख्य चासोको रुपमा हेरिएको छ ।

कोरियाली चेम्बर अफ कमर्स तथा इन्डस्ट्री (केसीसीआई) र कोरियाली औद्योगिक संघ (एफकेआई) लगायत अन्य व्यापारिक संघसंस्थाले सामसङ जस्तो विश्व भरि नै प्रभुत्व जमाएको कम्पनीको मुख्य व्यक्तिलाई जेल पठाउँदा कोरियाली अर्थतन्त्रलाई नै घाटा हुने जनाएका छन् ।एफकेआईले एक विज्ञप्ती प्रकाशित गर्दै भनेको छ, ‘ईलाई जेल पठाउँदा सामसङलाई नेतृत्व दिने मानिसको अभावमा विश्वभर रहेको सामसङ कम्पनीलाई असर पर्नेछ साथै प्रत्यक्ष रुपमा कोरियाली अर्थतन्त्रलाई पनि ।’ यहाँको व्यवसायिक संगठनहरुले उच्च उदालतमा ईको रिहाइको माग गर्दै सोमबारै निवेदन पनि दर्ता गरेका छन् ।ईले भने आफूले कुनै गल्ति नगरेको बताएका छन् । उनले गलत बुझाइका कारण यस्तो समस्या आएको बताउँदै आएका छन् । सोमबार उनले अदालतमा भने आफ्नो कुनै विशेष भनाइ नरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीआज पोखरा जाँदै : भवन शिलान्यासदेखि रंगशाला निरीक्षणसम्म गर्ने

काठमाडौं, १७ फागुन । अमरसिंह चौर पोखरामा तय भएको नेकपा ओली समूहको आमसभा स्थगित भएपछि आज सभागृहमा प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना हुँदै छ

उर्लाबारीमा एकीकृत बस्ती निर्माण हुँदै : फागुन १८ गते प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने

काठमाडौं, १७ फागुन ।   शहरी विकास मन्त्रालयले मोरङको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती निर्माण गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको

योगेश भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दियो : काठमाडौं पठाउने तयारी

काठमाडौं, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराई चढेको सवारीले साइकललाई ठक्कर दिएको छ । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई सवार गाडीले

सम्बन्धित

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप

म्यानमारमा प्रदर्शनकारीमाथि गोली प्रहार : १८ जनाको मृत्यु

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

धार्मिक पर्यटनका धेरै सम्भावना बोक्दै आँधिमूल

साउदीका युवराजको आदेशमा पत्रकार जमालको हत्या :अमेरिकी गुप्तचर

अमेरिकाद्वारा जमाल खाशोग्गी हत्याबारेको रिपोर्ट सार्वजनिक गर्ने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com