ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

आजदेखि भारतले कोरोनाविरुद्धको खोप लगाउँदै


एबीसी / संवाददाता

काठमाडौं, ३ माघ  । भारतले कोरोनाविरुद्धको खोप आजदेखि सर्वसाधारणलाई लगाउन सुरु गर्दैछ । स्थानीय समयअनुसार बिहान साढे १० बजे खोप अभियानको सुरुवात गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खोप अभियानको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने छ।

अभियान उद्घाटन लगत्तै प्रधानमन्त्री मोदीले स्वास्थ्यकर्मीसँग कुराकानी गर्ने कार्यक्रम छ । भर्चुअल रुपमा हुने कुराकानीमा देशभरका तीन हजार छ वटा खोप केन्द्रका स्वास्थ्यकर्मी सहभागी हुन सक्नेछन् ।

अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्यक्रम रहेको छ । भारतले पहिलो प्राथमिकतामा ३० करोड मानिसलाई जुलाईसम्ममा खोप दिने बताएको छ ।

खोपका लागि सात सय जिल्लामा झण्डै एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । भारतको राष्ट्रिय खोप इन्स्टिच्युटका प्रमुख सत्यजित राठले बालबालिकालाई खोप लगाउनुभन्दा कोरोनाविरुद्धको खोप लगाउनु निकै जटिल र चुनौतीपूर्ण रहेकाले सावधानीपूर्वक तयारी गरेको बताउनुभयो ।

भारतले प्रयोगमा ल्याउन लागेका खोपमा अस्ट्राजेनिकाले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन रहेका छन् । अभियानको लागि भारत सरकारले एक करोड १० लाख डोज ‘कोभिसिल्ड’ र ५५ लाख डोज ‘कोभ्याक्सिन’ खरिद गरेको छ ।

भारत बायोटेकको ‘कोभ्याक्सिनले दोस्रो चरणको परीक्षण पूरा गरेको छ । अहिले भारतभरका २५ वटा केन्द्रमा तेस्रो चरणको परीक्षण चलिरहेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका हरेक व्यक्तिले २८ दिनको अन्तरालमा दुई डोज खोप लिनुपर्ने जनाएको छ ।

खोपको प्रभाव १४ दिनभित्र देखिने स्वास्थ्यकर्मीले बताएका छन् । ‘कोभिसिल्ड’ प्रतिडोज दुई सय र ‘कोभ्याक्सिन’ प्रतिडोज दुई सय ६ भारतीय रुपैयाँ मूल्य परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरका ३७ वटा खोप भण्डारण केन्द्र तयार पारेको छ । भारतमा अहिलेसम्म एक करोड पाँच लाख ४२ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा एक लाख ५२ हजार ९४ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

वन्यजन्तुका हकको संरक्षण जरुरी : प्रधानमन्त्री ओली

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीमा मानव, वन्यजन्तु र वनस्पतिबीचको अन्तरसम्बन्ध रहेको बताउँदै मानव समुदायले सबैका हकको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

नेकपाबारे यथाशीघ्र निर्णय देऊ – पूर्वप्रमुख आयुक्त

काठमाडौं, १९ फागुन । पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले नेकपाको विवादमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति पूर्वउपकुलपतिहरूको आपत्ति

काठमाडौं, १९ फागुन ।  प्रधानमन्त्री केपी ओलीलाई प्राज्ञिक मर्यादाको पालना गर्न पूर्वउपकुलपतिहरूले आग्रह गरेका छन् । पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी,

सम्बन्धित

विश्वभर कोरोना निको हुनेको संख्या ९ करोड १० लाख नाघ्यो

कोरोनाका कारण थप तीन जनाको मृत्यु : ७३ जनामा सङ्क्रमण पुष्टि

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप

कोभिड–१९ विरुद्ध खोप अभियान :दीर्घरोगी र अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर लगाइने

म्यानमारमा प्रदर्शनकारीमाथि गोली प्रहार : १८ जनाको मृत्यु

जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई अमेरिकामा स्वीकृति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com