ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन विमानस्थलको दुई रहस्यमयी हेलिकप्टर, ‘ल्यान्ड’ पछि चालक दल गायब


एबीसी / संवाददाता

काठमाडौँ, २ माघ ।  किर्गिस्तानबाट एक साताअघि अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट पार्किङ गर्न दिइएको रहस्यमयी हेलिकप्टरका चालक दल नै गायब भएका छन्। चालक दल नभएको भन्दै किर्गिस्तानको उड्डयन प्राधिकरणबाटै दुई साता नेपालमै राख्न प्रस्ताव गरेको छ। विमानस्थल स्रोतका अनुसार दुबै हेलिकोप्टर ल्याउने क्याप्टेन ख्रामुसिन एण्ड्रे र क्याप्टेन अबदुल्लेइभ एमिल्टी इन्डोनेसिया पुगिसकेका छन्। जनवरी २९ तारिखसम्मका लागि पार्किङ समयावधि बढाइदिन आग्रह गरेको प्राधिकरणका एक अधिकारीले बताए।

चालक दललाई आउन पत्राचार गरे पनि आउन आनकानी गरिरहेको ती अधिकारीले बताए। ‘प्राधिकरणले चालक दललाई बोलाएर हेलिकोप्टर फिर्ता पठाउने प्रयास गरेपनि पनि उताबाट प्रक्रियामा रहेको जानकारी आएको छ,’ ती अधिकारीले भने। प्राधिकरणले किर्गिस्तानको प्रस्तावलाई स्वीकार गर्दै पार्किङको समयाअवधि बढाएको छ। ३० वर्ष पूरानो हेलिकोप्टर किर्गिस्तानको ‘हेलि स्काइ’ कम्पनीले इन्डोनेशियामा उडान गर्दै आएका थिए। दुवै हेलिकोप्टर अघिल्लो शनिबार बंगलादेश हुँदै नेपाल ल्याइएको थियो। यी दुवै हेलिकोप्टरलाई प्राधिकरणको इजाजत अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक परिसरमा राखिएको छ। दुवै हेलिकोप्टर फायर फाइटिङ बिल्डिङ छेउमा राखिएको छ। नेपाली आकाशका लागि नौलो रहेका हेलिकोप्टर अथवा हवाई जहाज डोमेस्टिक पार्किङमा राखिने गरेको स्रोतले जनाएको छ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार एक दशक अघिदेखि उडान सञ्चालन अनुमति पत्र (एओसी) रद्द भइसकेको एक कम्पनीले एमआइ सिरिजकै हेलिकोप्टरबाट उडान सुरु गर्नका लागि पुनः एओसी प्रक्रिया सुरु गर्ने तयारी गर्दै आएको छ।

नेपालमा पार्किङ अवतरणका लागि हेलि स्काइले गत डिसेम्बरको तेस्रो सातादेखि नै पत्राचार गरेको थियो। हेलिकप्टर टेक्निकल अथवा ओभरफ्लाइका लागि अवतरण गरिने मुलुकका लागि कम्पनीले आधिकारिक एजेन्ट छनोट गरेको थियो। तर छनोट भएका तीन वटै एजेन्टको कामबारे प्रष्ट नभएको पत्र पठाइएको थियो।

गत डिसेम्बर ३० मा हेलि स्काइले पठाएको संशोधित निवेदनलाई मध्यनजर गर्दै प्राधिकरणले जनवरी १ मा कम्पनीको दुई वटा हेलिकोप्टरलाई नेपालमा अवतरणका लागि अनुमति दिएको थियो। किर्गिस्तानको ‘किर्गिज रिपब्लिक’ सडक तथा यातायात मन्त्रालय अन्तर्गत नागरिक उड्डयन समिति (सिभिल एभिएसन एजेन्सी) को सिफारिसमा उक्त पत्र आएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com