ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

अदालतले विवेक प्रयोग गर्छ भन्ने हामीलाई विश्वास छ – देउवा


एबीसी / संवाददाता

काठमाडौं, १ माघ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा भंग गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्ने आफूलाई विश्वास नलागेको बताउनु भएको छ । प्रजातन्त्रलाई नै खतरा हुने गरी प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधि सभा भंग गरेको सभापति देउवाको भनाइ थियो।

आज पर्वत शंकर पोखरीमा आयोजित हरिदत्त तिवारीको १८ औं स्मृति सभामा बोलेका देउवाले भन्नुभयो , ‘प्रजातन्त्रमै खतरा हुने गरी ओलीले प्रतिनिधि सभा भंग गरे। ओलीले कहाँ चुनाव गराउँछन् ? गराउँदैनन्। चुनाव नगर्ने प्रतिनिधि सभा पनि खोस्ने, यस्तो हुन सक्छ, हामीलाई डर छ।’

प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव घोषणा गर्नुभएको छ । तर प्रतिनिधि सभा भंग गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएकोले पार्टीले आन्दोलन घोषणा गरेको देउवाको भनाइ छ।तर सर्वोच्चमा विचाराधीन रहेको मुद्दाबारे सडकमा आन्दोलन गरेर यो गर वा ऊ गर् भन्ने दबाव कांग्रेसले नदिने उहाले बताउनुभयो । ‘हामीलाई विश्वास छ अदालतले विवेक प्रयोग गर्नेछ। अदालतमा विचाराधीन मुद्दामा यो गर ऊ गर भन्न मिल्दैन। हाम्रो पार्टीले अदालतलाई धम्क्याउने र तर्साउने काम गर्दैन,’ उहाले भन्नुभयो । स्वतन्त्र न्यायपालिकाको पक्षमा पार्टी रहेको उहाको भनाइ थियो। सरकार जनताको सेवक भए पनि जनअपेक्षाअनुसार ओली सरकारले काम नगरेको देउवाको आरोप छ।

‘सरकार जनताको सेवक हो मालिक होइन। जनताप्रति सरकार उत्तरदायी हुनुपर्ने हो तर भएन,’ उहाले भन्नुभयो । न्यायपालिकालाई दबाव वा प्रभाव पर्ने गरी राष्ट्रपति, प्रधानमन्त्री या कुनै पनि दलका नेताले बोल्न नमिल्ने देउवाले बताउनुभयो । ‘अदालतले नियम, कानुन र ऐन हेर्छ, विवेक प्रयोग गर्छ,’ उहाले भन्नुभयो ‘पार्टीले सर्वोच्चमा विचाराधीन मुद्दामा यो गर ऊ गर भन्दैन।’ उहाले आफूलाई भेट्न बुधबार साँझ नेकपा प्रचण्ड(नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आएको पनि बताउनुभयो ।

‘उहाँहरू आउनुभएको थियो। अदालतमा विचाराधीन मुद्दामा हामी पनि बोल्दैनौं, तपाईंहरू पनि नबोल्नुस् भनेको हो,’ उहाले भन्नुभयो । प्रचण्ड(नेपालले बुढानिलकण्ठ पुगेर ओलीका कदमविरूद्ध संयुक्त सडक संघर्षमा जान र प्रतिनिधि सभा पुनर्स्थापनामा जोड दिनुपर्नेलगायत प्रस्ताव लगे पनि देउवाले अस्वीकार गर्नुभएको थियो । देउवाले दुई भागमा विभाजितजस्तो देखिए पनि अझै पनि कानुनी रूपमा सग्लो नै रहेकोले कुनै पनि खेमासँग आफूहरू नजिक नहुने संकेत गर्नुभएको छ । संसद आह्वानका लागि पार्टीका सांसद संख्या नै कम भएकोले पहिले संसद आह्वान गर्न आफूहरूले माग गर्न नसकेको देउवाको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै

काठमाडौं, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै हुनुहुन्छ । पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले

कोरोनाविरुद्धको खोप अभियान आजदेखि : प्रधानमन्त्रीले शुभारम्भ गर्ने

काठमाडौं, १४ माघ। कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु हुँदैछ । काठमाण्डौ उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायले

जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट : क्षतीको विवरण आउन बाँकी

कर्णाली, १४ माघ। तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको

सम्बन्धित

कोरोनाविरुद्धको खोप अभियान आजदेखि : प्रधानमन्त्रीले शुभारम्भ गर्ने

जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट : क्षतीको विवरण आउन बाँकी

भोलिदेखि कोरोनाविरुद्धको खोप लगाइदैं , समस्या देखिए पाइँदैन क्षतिपूर्ति

कांग्रेसले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम, ३० गते देशभर प्रदर्शन

पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com