ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचनको माहौल तयार पार्न स्थायी कमिटीका नेताहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन


एबीसी / संवाददाता

काठमाडौं, १ माघ । नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा घोषणा गरिएको निर्वाचनको माहौल तयार पार्न स्थायी कमिटीका नेताहरुलाई निर्देशन दिनुभएको छ । बुधबार बालुवाटारमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँग ओलीले निर्वाचनको आधार तयार पार्ने गतिविधिमा केन्द्रित हुन निर्देशन दिनुभएको हो । माघे संक्रान्ति मनाउने गरी भनेर बोलाइएका स्थायी कमिटी सदस्यहरुसँग ओलीले अनौपचारिक छलफल गर्नुभएको थियो ।

भूगोलका इन्चार्जहरुसँग संगठन निर्माण, भेला, बैठक तथा आमसभाबारे जानकारी लिएका ओलीले सर्वोच्च अदालत र निर्वाचन आयोगमा चलिरहेको प्रक्रियाबारे पनि सोध्नु भएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबारे ओलीले सुवास नेम्वाङसँग जानकारी दिनु भएको थियो । ‘सर्वोच्चमा परेको रिटको सुनुवाइ विषयमै प्रवेश गरेको छैन । अहिले संवैधानिक इजलास कि पूर्ण भन्ने नै टुंगिएको छैन । त्यसपछि मात्रै अरु भन्न सकिन्छ’, नेम्वाङको ब्रिफिङ थियो । निर्वाचन आयोगलाई दोस्रो पटक लेखिएको जवाफपत्रको अन्तर्वस्तुबारे नेम्वाङले ब्रिफिङ गर्नुभएको थियो । नेम्वाङले बुधबार मात्रै २१ पृष्ठ लामो पत्र बुझाएका थिए भने आयोगलाई निर्वाचनको तयारी नरोक्न आग्रह गर्नुभएको थियो । संक्रान्ति मनाउने र अनौपचारिक कुराकानी पनि गर्ने भनेर विहान एघार बजेदेखि शुरु भएको भेटवार्तामा बालुवाटार दिउँसो अबेरसम्मै चल्यो ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई समेत बालुवाटार बोलाउनु भएको थियो । स्थायी कमिटीमा नरहेका मन्त्रीहरुलाई पनि ओलीले निर्वाचन केन्द्रित हुनेगरी गतिविधि गर्न सुझाव दिनुभएको छ । पुस ५ मा संसद् विघटनलगत्तै नेकपा विभाजित भएकाले मन्त्रीहरु पनि अहिले देश दौडाहामा छन् । बालुवाटार पुगेका मन्त्रीहरुले पनि पार्टी गतिविधिबारे ओलीलाई ब्रिफिङ गरेका थिए ।

स्थायी कमिटी सदस्यहरु र मन्त्रीहरुलाई ओलीले अब घोषणापत्र लेखनदेखि निर्वाचन परिचालनको योजना बनाउनेतिर सोच्न समेत निर्देशन दिनु भएको छ । ‘निर्वाचनको लागि अब अगाडि बढ्नुपर्छ । निर्वाचनको आशंका चिर्ने गरी वातावरण हामीले नै बनाउनुपर्छ । मेची(महाकाली आधार तयार गर्नुहोस्’, प्रधानमन्त्री ओलीले निर्देशन दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com