ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

चीन पुग्यो डब्ल्यूएचओको टोली, दुई साता क्वारेन्टिन बस्नुपर्ने


एबीसी / संवाददाता

काठमाडौं, १ माघ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोली चीन पुगेको छ। कोरोना भाइरस महामारीको उत्पत्तीबारे अनुसन्धान गर्न डब्लुएचओको टोली बिहीबार बिहान चीन पुगेको बिबिसीले जनाएको छ। लामो समयदेखि डब्लुएचओ र बेइजिङबिचको वार्तापछि अनुसन्धानकर्ताको टोली चीन पुगेको हो।

१० सदस्यीय वैज्ञानिकको टोलीले सुरूमा महामारी फैलिएको क्षेत्रका अनुसन्धान संस्थान, अस्पताल र सिफुड बजारका मानिसहरूसँग अन्तर्वार्ता लिनेछन्। सिजिटिएनका अनुसार उक्त टोलीमा अमेरिका, अष्ट्रेलिया, जर्मनी, जापान, बेलायत, रूस, नेदरल्यान्ड, कतार र भेयतनामका विज्ञहरू सहभागी छन्।

कोरोनाभाइरसको संक्रमण पहिलो पटक सन् २०१९मा चीनको वुहानमा भेटिएको थियो। अहिले भने वुहान सहर सामान्य अवस्थामा फर्किसकेको छ।

अनुसन्धान बढाउनुअघि डब्लुएचओको टोली दुई हप्ता क्वारेन्टिनमा बस्नेछन्।यसअघि चीनले डब्लुएचओबाट खटिएको उक्त टोलीका सदस्यहरूको भिसा स्वीकृत नभएको जनाउँदै प्रवेशमा रोक लगाएको थियो। चीनका लागि उडिसकेका दुई जना सदस्यहरूमध्ये एक जना फर्किएका थिए। अर्का भने ट्रान्जिटमै अड्किएका थिए।बेइजिङले यस घटनालाई गलत प्रभाव भएको बताएको थियो। बेइजिङले कोरोनाको महामारी चीनबाट सुरू नभएको जनाउँदै आएको छ।

डब्लुएचओका प्रोफेसर डेल फिसरले यो अध्ययन कुनै राजनीति वा आरोप लगाउन नभई वैज्ञानिक प्रश्नको गहिराइमा पुग्न भएको बताए। सो भाइरसलाई कतिपय वैज्ञानिकहरूले प्राकृतिक घटना भएको उनले बताए। आठ महिनापछि बिहीबार चीनमा कोरोना भाइरसको संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन्। चीनले ठूलो संख्यामा परीक्षण, कडा लकडाउन र कडा भ्रमण नियमहरू लागू गरी यस महामारीलाई नियन्त्रणमा लिएको थियो। तर, केही हप्तायता विशेषगरी उत्तरी हिबेई प्रान्त र उत्तरपूर्वी क्षेत्रको हेइलोङझ्याङ प्रान्तमा नयाँ संक्रमणहरू देखा पर्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै

काठमाडौं, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै हुनुहुन्छ । पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले

कोरोनाविरुद्धको खोप अभियान आजदेखि : प्रधानमन्त्रीले शुभारम्भ गर्ने

काठमाडौं, १४ माघ। कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु हुँदैछ । काठमाण्डौ उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायले

जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट : क्षतीको विवरण आउन बाँकी

कर्णाली, १४ माघ। तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको

सम्बन्धित

कोरोनाविरुद्धको खोप अभियान आजदेखि : प्रधानमन्त्रीले शुभारम्भ गर्ने

जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट : क्षतीको विवरण आउन बाँकी

भोलिदेखि कोरोनाविरुद्धको खोप लगाइदैं , समस्या देखिए पाइँदैन क्षतिपूर्ति

कांग्रेसले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम, ३० गते देशभर प्रदर्शन

अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ रिपोर्ट चाहिने

चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com